उपनिर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन | Khabarhub Khabarhub

उपनिर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले कास्की निर्वाचन क्षेत्र नं २ मा मङ्सिरमा हुने उपनिर्वाचनमा परिणाम प्राप्त गर्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा १७ द्वारा आज आयोजित विजयादशमीको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि तीनवटै सरकार क्रियाशील रहेको बताए ।

नेकपा गण्डकी प्रदेश सहइञ्चार्जसमेत रहेका अधिकारीले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अधुरा सपना पूरा गर्न सङ्गठित भएर लाग्न कार्यकर्तालाई आग्रह गरे ।

नेकपा केन्द्रीय सदस्य राजकाजी गुरुङले जनप्रतिनिधि जनभावनाअनुसार काम गर्नुपर्नेमा जोड दिँदै त्यसले मुलुकसँगै पार्टीलाई समेत बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले कास्की निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा स्थानीय पार्टी कार्यकर्ता र जनभावनाअनुसार उम्मेदवारको सिफारिस गर्ने जानकारी दिए ।

नेकपा–१७ का अध्यक्ष सुभाष ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष तीर्थ अधिकारी, पार्टी सचिव ईश्वरी लम्साल र सदस्य लालबहादुर रानालगायतले चार्डपर्वले संस्कृतिको संरक्षण गर्दै आपसी सदभाव कायम गर्न सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ८ : ४५ बजे

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार

संविधान दिवसमा वृहत शान्ति र्‍याली

काठमाडौं– संविधान दिवसका अवसरमा आज बिहान वृहत शान्ति र्‍यालीको आयोजना

एमाले पार्टी कार्यालयमा संविधान दिवसको शुभकामना कार्यक्रम : को को नेता पुगे ?

काठमाडौं – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा शुभकामना

सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन : केपी ओली

काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन– नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी