प्रदेश प्रमुखहरु छान्न नेकपा सचिवलय बैठक बस्दै | Khabarhub Khabarhub

प्रदेश प्रमुखहरु छान्न नेकपा सचिवलय बैठक बस्दै


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाको सचिवालय बैठक आज बस्दैछ ।

सातवटा प्रदेशका प्रमुखको चयनका लागि सत्तारुढ नेकपा सचिवलाय बैठक बस्न लागेको हो ।

आइतवार बसेको नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखहरुको नाममा सहमति जुट्न नसकेपछि बेलुकाका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक पछाडि सरेको थियो ।

आज बस्ने नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएपछि मन्त्रिपरिषद् बैठक बस्ने र प्रदेश प्रमुखहरुको नियुक्तीको तयारी गरिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन् ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा आइतबार बसेको बैठकले सबै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो । तत्कालिन कांग्रेसको सरकार भएको बेलामा प्रदेश प्रमुखहरु नियुक्त भएका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ९ : २८ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव