वडाध्यक्ष घर्ती नेकपामा प्रवेश | Khabarhub Khabarhub

वडाध्यक्ष घर्ती नेकपामा प्रवेश


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– ढोरपाटन नगरपालिका–३ का वडाध्यक्ष हेमेन्द्र घर्ती सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । घर्ती देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

घर्तीसहित मोर्चाका नेता, कार्यकर्ता पार्टी परित्याग गरी आइतबार नेकपामा प्रवेश गरेको नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरेले जानकारी दिए ।

पार्टी प्रवेश गर्नेमा मोर्चाको गण्डकी प्रदेश समितिका कोषाध्यक्ष एवं जिल्ला सदस्य गुञ्जबहादुर भण्डारीलगायत छन् ।

सोही अवसरमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको युवा सङ्गठनका केन्द्रीय सदस्य एंव धवलागिरि इञ्चार्ज सुमित घर्ती पनि नेकपामा प्रवेश गरेको जनाइएको छ ।

पार्टी प्रवेश गर्नेलाई नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज बलावती शर्मा, नेकपाका नेता एवं प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढाले स्वागत गरेका थिए ।

पार्टी प्रवेशपछि वडाध्यक्ष घर्तीले विकास र समृद्धिको लक्ष्यमा अगाडि बढ्न मूल पार्टीमै फर्केको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ९ : ५६ बजे

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ– तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत

बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार