यी हुन् ज्वरो, घाँटी दुख्ने, सिंगान बग्ने समस्याको अचुक घरायसी औषधि « Khabarhub

यी हुन् ज्वरो, घाँटी दुख्ने, सिंगान बग्ने समस्याको अचुक घरायसी औषधि


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

अहिले मौसम परिवर्तनको समय रहेको कारण धेरै मानिसहरु रुघा खोकी, टन्सील, ज्वरोबाट ग्रस्त हुने गरेका छन् । यस्तो समयमा स्वास्थ्यको ख्याल नगर्दा निकै दुख पाइन्छ भने अन्य समस्याहरु पनि थप हुँदै जान सक्छ ।

घाँटी खसखस हुने, नाक बन्द हुने, नाक चिलाउने, खोकी लाग्ने, रुघाबाट ग्रस्त हुने, टाउको दुख्ने र नाक बाट पानी वा सिंगान बगिरहने लगायतका समस्याहरु यस्तो बेलामा देखा पर्नु सामान्य नै हो ।

यी समस्याहरु देख्ने बित्तिकै उपचार गरेन भने सिकिस्त बिमारी भएर बेडमै थला परेर बस्नु पर्ने हुन्छ । बढ्दो चिसोको कारण हुने यी समस्याहरुबाट छुटकारा पाउन समयमै औषधी उपचार गर्यौं भने यी समस्या त्यति जटिल या भयानक भने होइन ।

सुरुमै रुघाखोकीको लक्षण देख्ने बित्तिकै यसको हेरचाह र घरायसी औपधिमा लाग्नु उत्तम हुन्छ । यसका लागि हामी केही घरायसी उपाय यहाँ प्रस्तुत गर्दै छौं ।

तुलसीको पात: तुलसीको पात कयौँ रोगहरुको लागि एक अचुक घरेलु औषधी हो। यसले मुटु रोग वा पेट सम्बन्धी बिमारीहरुलाई निको पार्नुका साथै यो रुघाखोकी, ज्वरोको लागि एकदम फाइदाजनक हुन्छ। यसको लागि एक गिलास पानीमा ५/६ ओटा तुलसीको पात राखेर मज्जाले उमाल्नुहोस्। उमालीसकेपछी मन तातो वा चिसो भएपछी यो पानी पिउनुहोस् । दिनभर २/३ पटक गरेर थोरै थोरै पिउनुहोस् । यसले रुघाखोकी, ज्वरो, घाँटी दुख्ने, नाकबाट सिंगान बग्ने जस्ता समस्याहरुबाट छुटकारा दिलाउन मद्धत गर्छ।

मेथिदाना: मेथी दाना पनि अनेक गुण भएका एक घरेलु औषधी हो। यसले रुघा, खोकी, चिसो, घाँटी दुख्ने जस्ता समस्याहरुलाई छिट्टै निको पार्छ। मेथी दानाको सेवनले शरीरमा चाँडो गर्मी हन्छ, जसको कारण यस्ता समस्याहरुबाट तुरुन्तै राहत मिल्छ । यसको लागि एक गिलास पानीमा एक सानो चम्चा मेथी दाना राखेर ५-१० मिनेटका लागि उमाल्ने। उमालीसकेपछी मन तातो बनाएर दिनमा २ पटक यो मेथी पानी सेवन गर्नुहोस्।

मरिच: मरीचमा एन्टीब्याक्टेरियल प्रोपर्टीज् पाइन्छ। जसले चिसो, रुघाखोकीको इन्फेक्शनलाई एकदम तीब्र रुपमा निर्मुल पार्छ। यसको लागि एक चम्चा महमा एक चिम्टी मरिचको पाउडर मिसाएर दिनमा २/३ पटक सेवन गर्नुहोस्।

अंगुरको जुस: सुख्खा खोकी, घाँटी दुख्ने या रुघाखोकीबाट छुटकारा पाउन बिहान बेलुका अंगुरको जुस पिउनुहोस्। यो हाम्रो स्वास्थ्यको लागि पनि एकदम लाभदायी हुनुका साथै रुघाखोकीलाई पनि तुरुन्तै निर्मुल पार्छ ।

अदुवा: घाँटी दुख्ने वा खोकी जस्ता समस्याहरुका लागि अदुवा एकदम लाभदायी चिज हो। यी समस्याबाट छुटकारा पाउनको लागि अदुवालाई ग्रेट गर्ने। त्यसपछी एक गिलास पानीमा एक चम्चा ग्रेट गरेको अदुवा राखेर उमाल्ने । यसरी उमालीसकेपछी मन तातो बनाएर पिउनुहोस्। दिनमा २ पटक यसरी उमालेको अदुवा पानी सेवन गर्नुहोस्।

बेसार: आयुर्वेदमा बेसारलाई शरीरको शुद्धिकरणको लागि पुर्खौं देखि प्रयोग गरिंदै आएको एक अचुक औषधी हो। बेसारले जस्तो सुकै ज्वरो वा जिउ दुख्ने रोगलाई निको पार्छ। रुघाखोकीबाट तुरुन्तै राहत पाउन बिहान बेलुका एक गिलास तातो पानीमा एक या आधा चम्चा बेसार पाउडर मिसाएर पिउनुहोस्। अथवा एक गिलास तातो दुधमा एक चम्चा बेसार पाउडर मिसाएर पिउनुहोस्।

किसमिस: किसमिसले चिसो मौसममा शरीरलाई तातो बनाईराख्न मद्धत गर्दछ। रुघाखोकी वा चिसो बाट बच्न किसमिसको सेवन गर्दा तुरुन्त लाभ मिल्छ। यसको लागि एक गिलास पानीमा एक मुट्ठी किसमिस र एक चम्चा अदुवाको पाउडर राखेर उमाल्ने। उमालीसकेपछी यसलाई मन तातो बनाएर पिउने। दिनमा दुई पटक जति यो पानी सेवन गर्नुहोस्।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १० : १३ बजे

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा