हाइड्रोपावरको शुरुङमा फसेर बझाङमा ४ जना मजदुर बेपत्ता « Khabarhub

हाइड्रोपावरको शुरुङमा फसेर बझाङमा ४ जना मजदुर बेपत्ता


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चैनपुर– बझाङको बुङ्गलमा निर्माणाधीन ६५ मेगावाटको कालंगा हाइड्रोपावरको शुरुङभित्र फसेर ४ जना मजदुर बेपत्ता भएका छन् ।

काम गर्नका लागि भनेर ३ वटा ट्याक्टर र एउटा जीपसहित आइतबार दिउँसो शुरुङभित्र छिरेका ६ जनामध्ये ४ जना मजदुर भित्रै फसेका हुन् ।

प्रहरीका अनुसार शुरुङभित्र फसेकाको उद्दारका लागि पटक पटक प्रयास गरिए पनि सफल हुन सकेको छैन ।

शुरुङभित्र बेपत्ता हुनेमा दैलेख घर भएका कर्णबहादुर शाही, देलेखकै महेन्द्र बहादुर शाही, अछामका महेन्द्र साउँद र बझाङका शेरसिंह धामी छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश बमले शुरुङमा फसेकाहरुको उद्दारका लागि काठमाडौंबाट उद्दार टोली मगाइएको बताए ।

‘गृह मन्त्रालयमा खबर गरेर उद्दार टोली पठाइदिन भनेका थियौं,’ डिएसपी बमले खबरहबसँग भने, ‘अहिले उद्दार टोली बोकेर त्यहाँबाट हेलिकोप्टर उडेको जानकारी पाएका छौं ।’

स्थानीय स्तरमा शुरुङ भित्र फसेका व्यक्तिको उद्दार गर्ने स्रोत साधन तथा जनशक्ति नहुँदा केन्द्रको टोलीलाई पर्खिनुको विकल्प नभएको डिएसपी बमले बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १२ : १९ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट