हाइड्रोपावरको शुरुङमा फसेर बझाङमा ४ जना मजदुर बेपत्ता | Khabarhub Khabarhub

हाइड्रोपावरको शुरुङमा फसेर बझाङमा ४ जना मजदुर बेपत्ता


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चैनपुर– बझाङको बुङ्गलमा निर्माणाधीन ६५ मेगावाटको कालंगा हाइड्रोपावरको शुरुङभित्र फसेर ४ जना मजदुर बेपत्ता भएका छन् ।

काम गर्नका लागि भनेर ३ वटा ट्याक्टर र एउटा जीपसहित आइतबार दिउँसो शुरुङभित्र छिरेका ६ जनामध्ये ४ जना मजदुर भित्रै फसेका हुन् ।

प्रहरीका अनुसार शुरुङभित्र फसेकाको उद्दारका लागि पटक पटक प्रयास गरिए पनि सफल हुन सकेको छैन ।

शुरुङभित्र बेपत्ता हुनेमा दैलेख घर भएका कर्णबहादुर शाही, देलेखकै महेन्द्र बहादुर शाही, अछामका महेन्द्र साउँद र बझाङका शेरसिंह धामी छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश बमले शुरुङमा फसेकाहरुको उद्दारका लागि काठमाडौंबाट उद्दार टोली मगाइएको बताए ।

‘गृह मन्त्रालयमा खबर गरेर उद्दार टोली पठाइदिन भनेका थियौं,’ डिएसपी बमले खबरहबसँग भने, ‘अहिले उद्दार टोली बोकेर त्यहाँबाट हेलिकोप्टर उडेको जानकारी पाएका छौं ।’

स्थानीय स्तरमा शुरुङ भित्र फसेका व्यक्तिको उद्दार गर्ने स्रोत साधन तथा जनशक्ति नहुँदा केन्द्रको टोलीलाई पर्खिनुको विकल्प नभएको डिएसपी बमले बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १२ : १९ बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ