एमसीसीले दियो नेपाललाई २०२ रनको लक्ष्य « Khabarhub

एमसीसीले दियो नेपाललाई २०२ रनको लक्ष्य


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकदिवसीय क्रिकेटमा पाहुना टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितका लागि २०२ रनको लक्ष्य दिएको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९ ओभर २ बलमा अलआउट हुँदै २ सय १ रन बनाएको हो ।

एमसीसीका विल रोड्स र विलि गोडलम्यानले अर्धशतकीय इनिङ्स खेले । जसमा रोड्सले ५४ रन जोड्दा गोडलम्यानले ५२ रन बनाए भने विल भेन्डेस्पर ३६ तथा क्यालम ज्याक्सन र एलेक्स थोमसनले समान ११ रन बनाए ।

घरेलु टोलीका तर्फबाट युवा क्रिकेटर पवन सर्राफ र ललित नारायण राजवंशीले उत्कृष्ट बलिङ गरे । जसमा उनीहरु दुवै जनाले समान ४–४ विकेट लिए ।

एमसीसीविरुद्ध नेपाल नयाँ कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा मैदान उत्रिएको छ । ज्ञानेन्द्र स्थायी कप्तानको रुपमा नियुक्त भएपछि पहिलो पटक नेपाली टिमको नेतृत्व गर्न लागेका हुन् ।

तर, एमसीसीविरुद्ध नेपालका मुख्य तीन खेलाडी मैदान उत्रिएनन् । राष्ट्रिय टोलीका निर्वतमान कप्तान पारस खड्का, सन्दीप लामिछाने र सोमपाल कामी एमसीसीसँगको टोलीमा थिएनन् । एकदिवसिय खेलमा तीनै जना खेलाडीले यसअघि खेल्ने भने पनि आज भने मैदानमा देखिएनन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १ : ३७ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली