नेकपाद्वारा सातै प्रदेश प्रमुखको नाम सिफारिस « Khabarhub

नेकपाद्वारा सातै प्रदेश प्रमुखको नाम सिफारिस


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सातवटै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ ।

सोमबार बसेको नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।

बैठकले बिष्णु प्रसाईं- (झापा), धर्मनाथ यादव- (सिरहा), अमिक शेरचन-(चितवन), सोमनाथ प्यासी- (कास्की), तिलक परियार-(बाँके), शर्मिला त्रिपाठी- (चितवन), गोविन्द कलौनी-(डडेल्धुरा) लाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

बैठकपछि नेकपाका महासचिव पौडेलले कसलाई कुन प्रदेशमा नियुक्त गर्ने भन्नेबारेमा मन्त्रिपरिषद्ले निर्णय गर्ने जानकारी दिए ।

उनले संविधानबमोजिम ती पद रिक्त भएकाले पार्टीले सिफारिस गरेको बताए । महासचिव पौडेलले सरकारले प्रदेश प्रमुखमा आफ्ना प्रतिनिधि पठाउन संविधानकै आधारमा नयाँ निर्णय गर्न लागेको जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन् ।

सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त हुने व्यवस्था छ । विसं २०७४ को निर्वाचन सम्पन्न भइसकेपछि अघिल्लो सरकारद्वारा ती प्रदेश प्रमुखको नियुक्ति भएकामा नेकपाले त्यसबेला नै आपत्ति जनाएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  २ : ०१ बजे

देवकुमारी थापा स्मृति पुरस्कार ज्ञान उदासलाई

विराटनगर– देवकुमारी थापा स्मृति गुठीले देवकुमारी थापा स्मृति सम्मान कवि

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै रवि लामिछाने

काठमाडौँ – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ ।

लागूऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट २८

निर्माण व्यवसायी महासंघको नेतृत्वका लागि आज निर्वाचन हुँदै

काठमाडौँ– नेपाल निर्माण व्यवसायी महासंघको १३औँ महाधिवेशन अन्तर्गत आज नयाँ