‘सेन्टी भाइरस’ को फस्ट लूकमा यस्तो देखिए धुर्मुस « Khabarhub

‘सेन्टी भाइरस’ को फस्ट लूकमा यस्तो देखिए धुर्मुस


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रामबाबु गुरुङले निर्देशन गरिरहेको फिल्म ‘सेन्टी भाइरस’ फागुन ९ गतेदेखि प्रदर्शन गरिने भएको छ । फिल्मलाई धुर्मुस सुन्तलीले निर्माण गर्न लागेका हुन् ।

डिन्डु लामा ह्योल्मोले निर्माण गर्ने यो फिल्मलाई कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ । चलचित्र सुबिहानी फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो । योसँगै फिल्मको फस्ट लूक सार्वजनिक गरिएको छ । फस्ट लूकमा सीताराम कट्टेललाई ढाका टोपी लगाएको देख्न सकिन्छ ।

सामाजिक कथामा निर्माण भएको यो फिल्ममा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्य लगायतका कलाकारकाे अभिनय रहनेछ ।

यस्तै फिल्ममा राजनराज सिवाकोटी/कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र ध्वज कार्कीको छायाँकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  २ : ५८ बजे

प्रधानमन्त्रीलाई वर्षमानले भने : भैरहवा एयरपोर्ट चलाउन भारतसँग हवाई मार्गबारे कुरा गर्नुस्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री