प्रदेश प्रमुख पदमुक्त गर्ने निर्णय अनुदार लोकतन्त्रको अर्को उदाहरण– साझा पार्टी « Khabarhub

प्रदेश प्रमुख पदमुक्त गर्ने निर्णय अनुदार लोकतन्त्रको अर्को उदाहरण– साझा पार्टी


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सात वटै प्रदेश प्रमुख पदमुक्त गर्ने निर्णयप्रति साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हालको प्रतिपक्षी दल नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारले नियुक्त गरेकै कारण प्रदेश प्रमुख पदमुक्त गरिनु अनुदार लोकतन्त्रको अर्को उदाहरण भएको पनि साझा पार्टीको भनाइ छ ।

साझा पार्टीले सरकारको उक्त निर्णय पूर्वाग्रह र दुराग्रहपूर्ण भएको उल्लेख गर्दै यसले भविष्यका लागि गलत नजिर स्थापित गर्ने गैरराजनीतिक कदम भएको जनाएको छ ।

‘यस्तो रवैयाबाट देशमा सुसंस्कृत राजनीति स्थापित हुन सक्दैन,’ साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

‘दुई(तिहाई समर्थन प्राप्त शक्तिशालि सरकारले देशलाई विकास र संवृद्धिको मार्गमा डोर्याउन गर्नु पर्ने अनगिन्ति कामहरू छन् तर सरकार बारम्बार देशको रूपान्तरणका प्रमुख मुद्दाहरूमा प्रवेश नै नगरि ‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भने झैँ तपशीलका विषयहरूमा अल्झिनु अत्यन्तै खेदजनक विषय हो,’ प्रवक्ता आचार्यद्वार जारी विज्ञप्तमा अगाडि भनिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  २ : ५१ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते