महरा प्रकरण– पीडित महिला पनि अदालतमा उपस्थित « Khabarhub

महरा प्रकरण– पीडित महिला पनि अदालतमा उपस्थित


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व सभामुख कृष्ण बहादुर महरामाथि बलात्कार आरोप लगाउने ‘पीडित महिला’ पनि अदालतमा उपस्थित भएकी छन् ।

संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले महरामाथि बलात्कार प्रयासको आरोप लगाएकी थिइन् ।

प्रहरीले उनकै ‘उजुरी’का आधारमा महरामाथि अनुसन्धान अगाडि बढाएको थियो ।

महरामाथि झन्डै १ महिनाको अनुसन्धान पछि बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध जबरजस्ती करणी उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा साढे ७ वर्ष कैद सजाय मागदाबी गरेको छ ।

अहिले काठमाडौं जिल्ला अदालतमा महरामाथि थुनछेक बहस चलिरहेको छ ।

थुनछेक बहसकै क्रममा महरा पक्षका कानून व्यवसायीहरुले पीडितलाई समेत अदालतमा उपस्थित गराउनुपर्ने जिकिर गरेपछि उनलाई अदालतमा उपस्थित गराइएको जनाइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ३ : १६ बजे

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल