रेजिन सुब्बाको कप्तानीमा यु–१९ फुटबल टोली इरान जाँदै « Khabarhub

रेजिन सुब्बाको कप्तानीमा यु–१९ फुटबल टोली इरान जाँदै


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी यू–१९ छनोट खेल्न जाने नेपाली युवा टोलीको विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले इरान जाने यू–१९ टोलीलाई विदाई गरेको हो ।

कात्तिक २० देखि २४ गतेसम्म इरानमा हुने छनोट प्रतियोगिताका लागि जाने नेपाली टोलीको एन्फाले विदाई गरेको हो ।

छनोट प्रतियोगितामा नेपाल समूह डि मा रहेको छ । यही समूहमा नेपालसहित इरान, युएई र किर्गिस्तान रहेका छन् ।

छनोट खेल्ने २३ सदस्यीय नेपाली टोलीको कप्तानको जिम्मेवारी फरवार्ड रेजिन सुब्बाले पाएका छन् । सुब्बाले टोलीको कप्तानी पाउँदा विकास खवासलाई मुख्य प्रशिक्षक मेघराज केसीले उपकप्तानको जिम्मेवारी दिएका छन् ।

नेपाली युवा टोली

गोलकिपर : बिशाल सुनार, रोहित कार्की, पुजन होना

डिफेन्डर : विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्राई, असिम गुरुङ, नविन गुरुङ, रोषन दोङ, विकास खवास, योगेश गुरुङ, निरन्जन महर्जन,

मिडफिल्ड : दर्शन गुरुङ, रञ्जन पुन, आकाश बुढा मगर, जय गुरुङ, मनिस थापा, अनिल महर्जन, दिनेश हेन्जन

फरवार्ड : मनिस डाङ्गी, राजिव लोप्चन, रेजिन सुब्बा, दिपेश आले मगर

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ३ : ३० बजे

उपराष्ट्रपति यादवबाट ‘ईद उल फित्र’ को शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ‘ईद उल फित्र’ पर्वका अवसरमा

‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा. पन्तलाई

वीरगञ्ज– २०८२ सालको ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा.

ढोरपाटनमा भारी हिमपात

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा

इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक उदयपुर गाईघाटका अमृत झा

काठमाडौँ– पश्चिम एसियाको युद्धका कारण केन्द्रबिन्दु बनेको होर्मुज जल क्षेत्रमा

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले