महरामाथिको थुनछेक बहस सकियो, केही बेरमै आदेश आउने « Khabarhub

महरामाथिको थुनछेक बहस सकियो, केही बेरमै आदेश आउने


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जबरजस्ती करणी उद्योगको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस सकिएको छ ।

आइतबार शुरु भएको थुनछेक बहस केही बेर अगाडि सकिएको हो । बहस सकिएसँगै अदालतले सम्भवतः अबको केही बेरमा नै थुनछेक आदेश जारी गर्ने छ ।

जबरजस्ती करणाी उद्योग मुद्दाको पुर्पक्षका लागि महरालाई साधारण तारेखमा राख्ने, धरौटी तिराएर तारेखमा राख्ने वा र पुर्पक्षमा पठाउने भनेर अदालतले आदेश जारी गर्ने छ ।

थुनछेक बसह सकिनै लाग्दा महरामाथि बलात्कार प्रयासको आरोप लगाउने पीडित महिला समेत काठमाडौं जिल्ला अदालतमा उपस्थित भएकी थिइन् ।

अदालतको आदेशानुसार पीडित महिलालाई अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । तर, अदालतमा उपस्थित गराइएकी पीडित महिलाको बयान भने नलिएको अदालत स्रोतले जानकारी दिएको छ ।

महरामाथि झन्डै १ महिनाको अनुसन्धान पछि बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध जबरजस्ती करणी उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा साढे ७ वर्ष कैद सजाय मागदाबी गरेको छ ।
अहिले काठमाडौं जिल्ला अदालतमा महरामाथि थुनछेक बहस चलिरहेको छ ।
थुनछेक बहसकै क्रममा महरा पक्षका कानून व्यवसायीहरुले पीडितलाई समेत अदालतमा उपस्थित गराउनुपर्ने जिकिर गरेपछि उनलाई अदालतमा उपस्थित गराइएको जनाइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ३ : ३७ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा