वैकल्पिक उर्जामा जर्मन सरकारले डेढ अर्ब बराबरको सहयोग प्रदान गर्ने | Khabarhub Khabarhub

वैकल्पिक उर्जामा जर्मन सरकारले डेढ अर्ब बराबरको सहयोग प्रदान गर्ने


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र जर्मनीका राजदूत रोलान्ड शेफरबीच भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रायमा आइतबार भएको भेटमा द्विपक्षीय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो ।

मन्त्री पुनले जर्मन सरकारले उर्जा, प्रसारण लाइन र वैकल्पिक उर्जाको क्षेत्रमा गरेको सहयोगको लागि धन्यवाद दिएका थिए । उनले सोलार र मिनि ग्रिड सरकारको प्राथमिकतामा रहेको भन्दै ३ वर्षभित्र करिब १२ प्रतिशत जनतामा नवीकरणीय उर्जाको माध्यमबाट स्वच्छ उर्जामा पहुंच पुर्याउने योजनामा सरकार रहेको जानकारी दिए ।

मन्त्री पुनले भने, ‘सरकारले पूर्ण विद्युतीकरणको कार्यक्रम अघि सारेको छ, त्यसमा जर्मन सरकारले उपलव्ध गराउने सहयोग हामीलाई उपयोगी हुुन्छ ।’ मन्त्री पुनले वैकल्पिक उर्जाको कामलाई अझ प्रभावकारी बनाउन सरकारले सातै प्रदेशमा कार्यालय विस्तार गर्ने योजना रहेको बताए ।

भेटमा जर्मन राजदूत शेफरले उर्जा र वैकल्पिक उर्जाका साथै जलविद्युत क्षेत्रमा सहकार्य गर्न जर्मन ईच्छुक रहेको धारणा राखेका थिए । राजदूत शेफरले वैकल्पिक उर्जालाई डेढ अर्ब बरावरको सहयोग दिने तयारीमा जर्मन सरकार रहेको जानकारी दिए ।

मन्त्री पुनले उक्त सहयोगको लागी धन्यवाद दिंदै बैकल्पिक उर्जा र नेपाल विद्युत प्राधिकरणले हिमाली र पहाडी क्षेत्रमा उक्त सहयोगलाई कार्यान्वयन गर्ने बताए । भेटमा जर्मन सरकारले वैकल्पिक उर्जामा गरेको सहयोग, तनहुँ जलविद्युत परियोजना लगायतका विषयमा समेत छलफल भएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ४ : ५२ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा