रातो बल र सेतो ‘ड्रेस’मा खेल्न पाउँदा ‘एक्साइटेड’– कप्तान मल्ल « Khabarhub

रातो बल र सेतो ‘ड्रेस’मा खेल्न पाउँदा ‘एक्साइटेड’– कप्तान मल्ल



काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीको पूर्ण कप्तान बनेको ज्ञानेन्द्र मल्लले आफ्नो नयाँ इनिङ्सको सुखद् शुरुवात गरेका छन् ।

सोमबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पाहुना टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) माथि जित हात पार्दै मल्लले आफ्नो कप्तानी इङ्सको शुरुवात गरेका हुन् ।

निवर्तमान कप्तान पारस खड्कोको स्थानमा कप्तानी गरेका मल्लले आफ्नो औपचारिक खेलमा जित राम्रो भएपनि नेपाली टोलीमा सुधार गर्नुपर्ने कुरा धेरै रहेको बताए । उनले आजको खेलमा जित हात पार्दैमा खुसी भइहाल्ने अवस्था नरहेको बताए ।

‘राम्रो जित । अझै पनि खुसी छैन् । धेरै कुराहरु हामीले सुधार्न जरुरी छ । विषेश गरेर फिल्डिङलाई लिएर हामीले सुधार्नु पर्ने छ,’ मल्लले जितपछि मिडियासँगको कुराकानीमा भने,‘अहिलेको ‘कन्सर्न पार्ट’ चाहिँ फिल्डिङ नै हो । यसमा हामीले धेरै मेहनत गर्नु पर्नेछ ।’

एमसीसीविरुद्धको ५ विकेटको जित निकाल्दा नेपाली टोलीका लागि युवा अलराउण्डर पवन शरार्फले उत्कृष्ट प्रदर्शन गरे । यस्तै, विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीको अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई जित दिलाए ।

कप्तान मल्लले विनोद र पवनले आफ्नो भूमिका सही तरिकाले निभाएको बताए । ‘विनोद र पवनले जसरी खेललाई अगाडि बढाए त्यो एकदमै राम्रो हो । उनीहरुको खेलबाट म धेरै खुसी छु । विनोदले पछिल्लो समय खेलमा फिनिसरका रुपमा खेल्दै आएका छन्,’ मल्लले भने,‘त्यस्तै पवन पनि क्षमता भएको खेलाडी हुन् । यो प्रदर्शनले पवनमा आगामी दिनका राम्रो खेल्न प्रेरणा दिन्छ ।’

एमसीसीका खेलाडीको ओपनिङ पार्टनरसीपलाई कप्तान मल्लले तारिफ गरेका छन् । तर, पछि नेपालले उत्कृष्ट कमब्याक गर्दा २ सयमा रोक्न सफल भएको बताए । एमसीसीविरुद्ध नेपालका लागि पवन शरार्फ र ललित नारायण राजवंशीले समान ४–४ विकेट लिएका थिए । उक्त बलिङलाई मल्लले सकारात्मक रुपमा विश्लेषण गरेका छन् ।

एमसीसीविरुद्ध सार्वजनिक भएको खेलाडीको सूचीमा नाम रहेका निवर्तमान कप्तान पारस खड्का, सन्दीप लामिछाने र सोमपाल कामी मैदानमा नभएपछि खेल हेर्न मैदान पुगेका समर्थक अचम्म परेका थिए ।

तर, कप्तान मल्लले खड्काको स्वास्थ्य ठिक नभएका कारण नखेलेको र सन्दीप लामिछानेले एकदिवसीय नखेल्ने भनेपछि टिममा नरहेको जानकारी दिए ।

‘खेल्ने कुरा थियो । पारसको स्वास्थ्य ठिक नभएकाले नखेलेका हुन् । नयाँ खेलाडीलाई अवसर पनि दिउँ न भन्ने सोचले पनि हो । आउने दिनमा अझै ‘यूजफूल’ हुने खेलाडीहरुका लागि कसरी ‘एक्स्पोजर’ दिन सकिन्छ भन्ने योजनासहित यो निर्णय गरेका थियौं,’ कप्तान मल्लले भने,‘सन्दीपले एकदिवसीय नखेल्ने तर, ‘थ्रि डे’ खेल्ने भन्ने कुरा छ ।’

सन्दीपले ‘थ्रि डे’ पनि नखेल्ने भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै कप्तान मल्लले भने ‘प्लेइङ लिष्टमा भएको खेलाडी आउँछ खेल्छ भने म कप्तानका नाताले उसलाई खेल्ने वातावरण दिने हो । कसले के गर्छ कस्तो गर्छ अनुशासनको जिम्मा लिने काम मेरो होइन् । क्यान छ, बोर्ड छ, यस्तोमा कुनै पनि खेलाडी अनुशासनहीन भए पक्कै पनि केही एक्सन लिन्छ होला ।’

‘डेज’ क्रिकेट नखेलेको धेरै समय भएकाले एमसीसीसँगको खेलका लागि खेलाडीहरु उत्साहित रहेको कप्तान मल्लले भने । आफूहरुले सधैँ ‘डेज’ क्रिकेटको कुरा गरेको भन्दै आगामी दिनमा अझै आवश्यक रहेको बताए ।

‘रातो बल र सेतो ‘ड्रेस’मा खेल्न पाउँदा सबै खेलाडीहरु ‘एक्साइटेड’ नै छन् । पछिल्लो समय ‘थ्रि डे म्याच’ खेलेको छैनौं । लामो समय नखेलेको हुँदा अहिले केही हदसम्म त गाह्रो भइहाल्छ,’ मल्लले भने,‘खेलाडीलाई चुनौती छ । त्यो चुनौति स्वीकार्दै अगाडि बढेर ‘थ्री डे’ खेल्छौं ।’

एमसीसीसँगको तीन दिवसीय खेल बुधबार सुरु हुनेछ । यसअघि आइतबार एमसीसीले नेपाली यू-१९ टोलीलाई ३८ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ५ : ३४ बजे

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल