केटाका यस्ता स्वभाव र पहिरन केटीहरुलाई फिटिक्कै मन पर्दैन ? « Khabarhub

केटाका यस्ता स्वभाव र पहिरन केटीहरुलाई फिटिक्कै मन पर्दैन ?


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

राम्रो देखिने रहर कस्लाई नहोला र ? सबैले आफूलाई अरुको सामुन्ने राम्रो देखिने चाहना राख्दछन् । केही केटाहरु फेसनप्रति निकै सजग तथा चनाखो हुन्छन् भने केहीमा फेसनको ज्ञान हुँदैन ।

यस्तोमा जानेर वा अन्जानमा केहीले यस्तो पहिरन वा स्वभाव देखाउँछन् कि जसले उनीहरुलाई अरुको सामुन्ने लज्जित हुनुपर्दछ ।

अझ कतिपय केटाहरु जानेरै गर्ने पहिरन र फेसनले उनीहरुलाई केटीको अगाडि असहज बनाउने गर्दछ । हामी केहि टिप्सहरु दिदैछौँ । जसको पालना गरे केटीले मन नपराउने केटाको पहिरन र स्वभावका बारेमा जान्न मद्दत गर्नेछ ।

१. केटाहरु आफूलाई हिपप देखाउन उल्टो क्याप लगाउँछन् । तर, उल्टो क्याप लगाउने केटालाई केटीले मन पराउँदैनन् । यसलाई उनीहरु असोभनीय मान्दछन् ।

२. केही दुब्लो शरीर भएका केटाहरु ठूलो कपडा लगाउने गर्दछन् । तर, यसरी ह्वाङ्ग हुने कपडा लगाएको केटीहरुलाई मन पर्दैन । खासमा यो सुहाउँदो पनि हुँदैन ।

३. लामो दारी पाल्ने, दारी जुंगा नमिलाउने, कन्सिरी कानभन्दा लामो राख्ने, नाकको रौं बाहिर देखिने गरी राख्ने, आँखी भौं जोडिएको केटालाई केटीले फिटिक्कै मन पराउँदैनन् ।

४. मोटाएको शरीरमा टाइट लुगा लगाउने वा भुँडीमा टाइट हुने सर्ट वा भेष्ट लगाउने, टाइट पेन्ट लगाउने केटालाई पनि केटीले मन पराउँदैनन् । यस्तो पहिरनमा देखिएका केटालाई भद्दा मान्दछन् केटीहरु ।

५. केही केटाको बानी हुन्छ, बेल्टमा मोबाइल होल्डर राखेर त्यसमा मोबाइल राख्ने यस्ता केटालाई पनि केटीले मन पराउँदैनन् । यस्तो गर्नेलाई केटीहरु बुढो स्वभावको मान्छे मान्दछन् ।

६. लुज पेन्टमा पनि बेल्ट नलगाउने, लामो वा साह्रै सानो टाई लगाउने, जुत्ताको लेस खुकुलो राख्ने, लुज घडी लगाउने केटाहरु केटीको नजरमा खराब मानिन्छन् ।

७. जिममा, दौडदा, खेल्दा वा हिँड्दा लगाउने जुत्ता लगाएर कार्यालय जाने केटालाई पनि केटीहरुले मन पराउँदैनन् । यस्ता केटाहरुमा फेसनको ज्ञान नभएको मान्दछन् केटीहरु ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ६ : १६ बजे

घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज

चितवन– राप्ती नदीमा रहेका घडियाल गोहीका गुँड खोज्न सुरु गरिएको

आर्टेमिस–२ : चन्द्र यात्रामा मानवको पुनरागमन

एजेन्सी– आधा शताब्दीभन्दा बढीपछि मानवता पुनः चन्द्रतर्फ फर्किएको छ ।

गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाले हेलो सरकारबाट प्राप्त हुने गुनासो

 सिजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना

काठमाडौं– सिजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘सीजीसँग जीवन अनुभूति गर्नुहोस्’ नामक अभियान

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य पूर्वतयारी