सीआईबीको टोली ग्राहक बनेर पुगेपछि… « Khabarhub

सीआईबीको टोली ग्राहक बनेर पुगेपछि…


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विशेष सूचनाको आधारमा वन्यजन्तुको छालाको व्यापार गरिरहेको छ भन्ने जानकारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा आयो ।

वन्यजन्तुको अङ्ग (आखेटोपहार) को अन्तरर्राष्ट्रिय व्यापार गर्ने गिरोहको क्रियाकलाप निकै गोप्य हुने भएकाले त्यहीअनुसार सिआईबीले योजना बनायो ।

कारोवारी पक्राउ गर्न सहज नहुने देखेपछि सिआईबीको टोलीले ग्राहक बनेर जाने निर्णय गरेको थियो । सोही योजनाअनुसार पहिले वन्यजन्तुको छाला हेर्ने अनि मोलतोल गर्ने भनेर उनीहरुलाई प्रहरीले काठमाडौँ बोलायो ।

सिआईबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले भने, “उनीहरुलाई हामीले ग्राहक बनी बोलाएर पक्राउ गरेका हौँ, उनीहरुको गतिविधि काभ्रेमा थियो, भेटौँ–हेरौँ अनि कुरा गरौँला भन्ने कुरा भो, त्यसपछि उनीहरु आए ।” सोही क्रममा चरीबाघको छालासहित काठमाडौँको सिनामङ्गलमा भेटेर प्रहरीले आइतबार दुई जनालाई पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल बस्ने २४ वर्षीय सरोज लम्साल र रामेछापको दोरम्बा बस्ने २५ वर्षका सुरेन्द्र श्रेष्ठ रहेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए । उनीहरुलाई थप कारवाहीका लागि सोमबार डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको उनले बताए ।

प्रहरीले निजहरुको साथबाट वन्यजन्तुको छालासमेत बरामद गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार उनीहरुविरुद्ध कारवाही गरिने जनाइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ६ : २५ बजे

घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज

चितवन– राप्ती नदीमा रहेका घडियाल गोहीका गुँड खोज्न सुरु गरिएको

आर्टेमिस–२ : चन्द्र यात्रामा मानवको पुनरागमन

एजेन्सी– आधा शताब्दीभन्दा बढीपछि मानवता पुनः चन्द्रतर्फ फर्किएको छ ।

गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाले हेलो सरकारबाट प्राप्त हुने गुनासो

 सिजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना

काठमाडौं– सिजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘सीजीसँग जीवन अनुभूति गर्नुहोस्’ नामक अभियान

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य पूर्वतयारी