यौनसम्पर्कबाट सर्न सक्ने चार खतरनाक नयाँ रोग « Khabarhub

यौनसम्पर्कबाट सर्न सक्ने चार खतरनाक नयाँ रोग


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संसारमा धेरै नयाँ–नयाँ रोग तथा संक्रमणहरु भित्रिरहेका छन् । जसका कारण धेरै मासिनहरु प्रभावित बन्दै रोगको शिकार हुन पुगेका छन् ।

यस्तै विभिन्न प्रकारका नयाँ रोगहरुमा यौनका माध्यमबाट भित्रने चारवटा नयाँ रोगहरु समेत रहेका छन् । यौनका माध्यमबाट संक्रमण हुने र बिस्तारै यसले रोगको रुप लिने गर्दछ ।

यसरी रोग सार्नेमा ब्याक्टेरीयाहरु रहने गर्दछन् । हामी यस्तै चार ब्याक्टेरियाबारे जानकारी दिदैछौँ । जसले मानिसको स्वास्थ्यमा ठूलो क्षति पुर्‍याउँन सक्छ ।

नाइसेरिया मेनिन्जाइटिस :

नाइसेरिया मेनिन्जाइटिसले दिमाग र मेरुदण्डको हड्डीमा संक्रमण पार्ने गर्दछ । यो ब्याक्टेरिया चिम्पान्जीको नाक र गला हुँदै यौनाङ्गसम्म पुगेको थियो ।

जसलाई युथरल संक्रमण भनिन्छ । नाइसेरिया मेनिन्जाइटिस ब्याक्टेरिया मानिसको घाँटी वा नाकको बाटो हुँदै शरिरभित्र प्रवेश गर्ने र एक व्यक्तिबाट अर्काे व्यक्तिमा मुख मैथुन र अन्य प्रकारको सम्पर्कबाट हुनसक्छ ।

माइकोप्लाजमा जेनिटेलियम :

संसारको सबैभन्दा सुक्ष्म ब्याक्टेरियामध्ये एक मानिने माइक्रोप्लाजमा जेनिटेलियम यौनजन्य संक्रमणका लागि खतरनाक बन्दै गएको छ ।

विशेषगरी यो संक्रमण युवा र वयस्कमा तीव्र रुपमा फैलिरहेको छ । यो ब्याक्टेरियाका कारण बाँझोपन, गर्भपतन, समय अगावै प्रसव हुने र भ्रूणको मृत्युसम्म हुनसक्छ । यो संक्रमणबाट बच्न कन्डमको प्रयोग अनिवार्य छ ।

शिगेला फ्लेक्जेनरी :

शिगेला फ्लेक्जेनरीलाई शिग्लोसिसको नामले पनि चिनिन्छ । यो ब्याक्टेरिया मानिसको दिसाको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा आउँदा फैलने गर्दछ ।

यो संक्रमण मुख मैथुन र मलद्वारमा यौनसम्पर्क गर्दा फैलने गर्दछ । यसको संक्रमणपछि अत्यधिक पेट दुख्ने र झाडापखाला लगायतका समस्याहरु देखापर्ने गर्दछन् ।

लिन्फोंग्रानुलोमा वेनेरेउम :

क्लेमाइडिया ट्रेकोमाटिस नामको ब्याक्टेरियाका कारण पैदा हुने यो रोग भयानक मानिन्छ । एलजीवीको संक्रमणका यौनाङ्गमा समस्या हुने गर्दछ ।

यसले मलाशयमा समेत गम्भीर रोग निम्त्याउने गर्दछ । विशेषगरी यो रोग बाइ सेक्सुअल र समलिङ्गीमा हुने देखिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ६ : ५० बजे

आइतबारको माैसम पूर्वानुमान : देश आशिंक बदली

काठमाडौं – आइतबार दिउँसो देशभर घाम लाग्दै बादल लाग्ने मौसमविद्ले

ओली कुटीको नक्सा पोस्ट गर्दै शिक्षामन्त्री लेख्छन्- ‘इन्जिनियरलाई कारबाही गर्नुपर्छ !’

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले ओली कुटीको नक्सा बनाउने इन्जिनियरलाई

खोटाङमा शिक्षकलाई स्थानीय भत्ताको व्यवस्था

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता

चेतनाको अभाव र गरिबीले थला परेको मर्चवारमा आँखाको ज्योति

भैरहवा –सदरमुकाम भैरहवाबाट नजिकै भएर पनि सेवासुविधाको पहुँचबाट टाढा रहेको

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

काठमाडौं – ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन