ब्याण्डबाजा बजाएर साँढे र गाईको बिहे (फोटोफिचर) « Khabarhub

ब्याण्डबाजा बजाएर साँढे र गाईको बिहे (फोटोफिचर)


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मानिसहरुको विवाह बैशाख, जेष्ठ, असार, मंसिर, माघ र फागुन महिनामा हुने गर्दछ । आजकल मानिस बाहेक पानी नपरेको भन्दै भ्यागुताको समेत विवाह गरिएको सुनिन्छ ।

कतिपयले घरपालुवा कुकुरको समेत विवाह गरिदिने गरेका छन् । हिन्दुहरुले धार्मिक आस्थाका कारण वरपिपल र तुलसीको समेत विवाह गर्ने गरिन्छ । तर के तपाईंले गाई र साँढेको विवाह भएको सुन्नु भएको छ ? पक्कै छैन होला । तर छिमेकी मुलुक भारतमा भने साँढे र गाईको धुमधामका साथ विवाह भएको छ ।

भारतको मुरादाबादमा गोपाष्टमीको अवसरमा गंगा नामक गाई र प्रकाश नामक साँढेको पूर्ण रीतिरिवाजका साथ विवाह भएको छ ।

जहाँ दुल्हा साँढे बाजागाजाका साथ ट्याक्टर ट्रलीमा सवार भएर जन्तीसहित विवाहस्थल पुगेको थियो । साँढेको विवाहमा जन्तीहरु भजन किर्तन गर्दै ब्याण्डबाजाका साथ विवाह स्थल पुगेका थिए ।

विवाहस्थलमा बेहुली गाई तर्फका माइतीले जन्तीको भब्य स्वागत गरेका थिए । भारतको कानपुर पधांरी जूना अखाडाको महामण्डलेश्वरद्वारा आयोजित उक्त विवाह समारोहमा पाँच सयबढी मानिसको उपस्थिति थियो । विवाह समारोहमा हिन्दु रीत अनुसार बेहुला साँढे र रातो रंगको विवाहको पहिरनमा सजिएकी गाईबीच विवाह भएको थियो ।

विवाहमा जन्तीका लागि भोजको समेत आयोजना गरिएको थियो । उक्त विवाहको उदेश्य गौ संरक्षणलाई बढावा दिने रहेको विवाहमा सरिक ब्राम्हणहरुले बताएका छन् ।

हेर्नुहोस्, विवाहका केही तस्बिर :

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ७ : ०६ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको