हृदयघातबाट जोगिने पाँच प्रभावकारी उपाय « Khabarhub

हृदयघातबाट जोगिने पाँच प्रभावकारी उपाय


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल मानिसको दैनिक जीवनको परिवर्तनसँगै धेरै मानिसमा हृदयघात हुने गरेको छ ।

विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्सेनि १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्दछ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने भविष्यवाणीसमेत गरेको छ ।

मुटुरोगमा हृदयघात प्रमुख हो । मुटुका मांशपेशीमा रगत प्रवाह गर्न कोरोनरी रक्तनलीहरू साँगुरो वा बन्द हुनाले रोग लाग्ने गर्दछ । ह्यदयघात पनि एक प्रकारको कोरोनरी मुटुरोग नै हो ।

हृदयघातबाट बच्ने उपाय

१. एक्कासी छाती दुख्न थाल्यो भने एक चक्की एस्पिरिन चपाउँदै अस्पताल जानुभयो भने हृदयघातबाट हुने मृत्यु टर्न सक्छ । तत्कालै लिन सकिएको ३०० मिलिग्रामको एउटा एस्पिरिनको सहयोगबाट करिब एक चौथाई मृत्युलाई टार्न सकिन्छ । सबै प्रकारका छाती दुखाई हार्ट एट्याक नभए पनि एस्पिरिन खाँदा स्वास्थ्यलाई कुनै घाटा हुँदैन ।

२. स्वस्थ भोजन : प्रशस्त फलफूल, हरियो सागसब्जी खाने, तारेको खाना नखाने, चिनी, नून र चिल्लो सकेसम्म कम खाने ।

३. शारीरिक ब्यायाम : दैनिक आधाघण्टा शारीरिक कसरत र व्यायाम गरेमा हृदयघातको सम्भावना टरेर जान्छ ।

४. नशाबाट टाढा : धूमपानका साथै सूर्तिजन्य पदार्थको सेवन नगर्दा हृदयघातको सम्भावना कम हुन्छ । सूर्ति, तम्बाखु, चुरोट, सिगार वा खैनी सेवनकर्तामा हृदयघात हुने सम्भावना हुन्छ ।

५. शारीरिक तौल ठीक राख्ने, सकारात्मक चिन्तन राख्ने, पारिवारिक वातावरणमा बस्ने, चिन्ता नलिने साथै जंक फूड नखानाले पनि हृदयघातबाट बच्न सकिन्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ७ : ३६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको