सुकुटे बस दुर्घटना : मृतकको संख्या १९ पुग्यो « Khabarhub

सुकुटे बस दुर्घटना : मृतकको संख्या १९ पुग्यो


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ अरनिको राजमार्गस्थित सुकुटेमा आइतबार दिउँसो भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको हो ।

सोमबार सुनकोशी नदीले बगाएर ल्याएको अवस्थामा सिन्धुलीको नेपालथोकमा एक जना र अर्का एकको शव घटनास्थलबाट केही तलमात्रै भेटिएको छ ।

आइतबार मृत्यु हुनेमा पुरुष एक, महिला सात, बालक छ तथा बालिका तीन जनाको मृत्यु भएको हो । आइतबार मृत्यु भएका १७ जनाको सनाखत भए पनि आज शव भेटिएका दुई जनाको भने परिचय खुल्न नसकेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइतेमध्ये ५२ जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेकामा दुई जनालाई थप उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

दोलखाको मागा देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको थियो । बसमा ६० भन्दाबढी यात्रु सवार रहेको अनुमान गरिएको छ । बस सडकबाट १ सय मिटर तल सुनकोशी नदीमा खसेर दुर्घटना भएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ७ : ५९ बजे

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले

कसुरजन्य सम्पत्तिको विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको

‘एक्जिट पोल’ चलाउने यी ६ वेबसाइट बन्द गराउन आयोगले प्राधिकरणलाई पठायो पत्र

काठमाडौँ- फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल