उपनिर्वाचनका लागि आयोगले तोक्यो उम्मेदवारको खर्च « Khabarhub

उपनिर्वाचनका लागि आयोगले तोक्यो उम्मेदवारको खर्च


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारले प्रचारप्रसारमा गर्न पाउने खर्चको सीमा तोकिदिएको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवारले २५ लाख र प्रदेशसभा सदस्य उम्मेदवारले भने १५ लाख रुपैयाँ खर्च गर्न पाउँछन् ।

मंसिर १४ गते प्रतिनिधिसभाको कास्की २, प्रदेशसभाको बागलुङ, दाङ र भक्तपुरमा एक/एक क्षेत्र निर्वाचन हुँदैछ । उपमहानगरपालिका प्रमुखका उम्मेदवारले ५ लाख ५० हजार खर्च गर्न पाउँछन् ।

उपमहानगरको वडाध्यक्षले २ लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षले तीन लाख ५० हजार र वडाध्यक्षले एक लाख ५० हजार खर्च गर्न पाउने आयोगले जनाएको छ।

उपनिर्वाचनका लागि कात्तिक २१ गते दलहरूले उम्मेदवार मनोनयन गरिसक्नुपर्छ । उपनिर्वाचन गराउनका लागि अर्थ मन्त्रालयले आयोगलाई २५ करोड रुपैयाँ उपलब्ध गराएको थियो ।

आयोगले उपनिर्वाचन हुने चार जिल्लामा मुख्य निर्वाचन अधिकृत कार्यालय खुलिसकेको छ । स्थानीय तहमा मात्रै उपनिर्वाचन हुने ३३ जिल्लामा बुधबार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय खोल्ने आयोगको तयारी छ।

प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि चार लाख ५४ हजार ११४ मतदाता छन् भने २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ९ : ०२ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति