राष्ट्रपति भण्डारीबाट सातै प्रदेशमा प्रमुख नियुक्त « Khabarhub

राष्ट्रपति भण्डारीबाट सातै प्रदेशमा प्रमुख नियुक्त


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सातै प्रदेशमा प्रमुखको नियुक्ति गरेकी हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमुखको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको उल्लेख छ ।

जसअनुसार प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी (कास्की)  प्रदेश प्रमुखमा नियुक्त भएका छन् । यस्तै, प्रदेश २ मा तिलक परियार (बाँके), प्रदेश ३ मा विष्णुप्रसाद प्रसाईं (झापा), गण्डकी प्रदेशमा अमिक शेरचन (चितवन) प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।

यसैगरी, प्रदेश ५ मा धर्मनाथ यादव (सिराहा), कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी (बैतडी) र सुदूरपश्चिम प्रदेशमा शर्मिला कुमारी पन्त (चितवन) प्रदेश प्रमुख बनेका छन् ।

नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुको सपथग्रहण भोलि (मंगलबार) हुने भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भोलि बिहान ८ बजे सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुलाई सपथ ग्रहण गराउने तयारी भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ८ : २९ बजे

भारतमा कार दुर्घटना हुँदा ९ जनाको मृत्यु

नयाँदिल्ली– पश्चिमी भारतको महाराष्ट्र राज्यमा एक कार सडकबाट नियन्त्रण बाहिर

तीन तला माथिबाट खस्दा पाँच वर्षीया बालिकाको मृत्यु

बिर्तामोड– झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु

अष्ट्रेलियाकी विदेशमन्त्रीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

 काठमाडौं– अष्ट्रेलियाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार सम्हालेकोमा बधाई दिएको

रवि–ज्ञानेन्द्रबीच भेट, उपसभामुखमा सहकार्यको संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछाने र

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी