‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’ सम्पन्न, ३ फिल्म पुरस्कृत « Khabarhub

‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’ सम्पन्न, ३ फिल्म पुरस्कृत


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  तीन दिवसीय ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ समापन भएको छ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा कार्तिक १६ गते, शनिबारदेखि शुरु भएको महोत्सव आज (सोमबार) समापन भएको हो ।

विगत ८ वर्षदेखि आयोजना हुँदै आएको महोत्सवको यो संस्करणमा नेपाली र अफ्रिकन मूलका फिल्म गरी २५ फिल्म प्रदर्शन गरिएको थियो । पहिलो दिन शनिबार ५ फिल्म प्रदर्शन गरिएकोमा आइतबार र आज १०/१० वटा फिल्म प्रदर्शन गरियो । महोत्सवले नेपाल र अफ्रिकाको सिनेमा संस्कृति आदन प्रदानमा ठुलो योगदान पुर्‍याएको आयोजकको विश्वास छ ।

महोत्सवका निर्देशक डब्बु क्षेत्रीले ३ फिल्म पुरस्कृत भएको बताए । महोत्सवमा भिमलाल श्रेष्ठको डकुमेन्ट्री मकै विवाह, सुनील पाण्डेको लघु चलचित्र अनन्त यात्रा र आशिष भेटवालको पेन्सिल पुरस्कृत भए । पुरस्कृत हुने तीनै फिल्मले जनही रुपैयाँ ५ हजार हात पारे ।

डब्बु क्षेत्रीका अनुसार एउटा फिल्मलाई उत्कृष्ट चयन गर्नुपर्ने भए पनि तीनै फिल्म उत्तिकै उत्कृष्ट भएको सबैलाई पुरस्कृत गरिएको हो ।

‘पुरस्कार राशि १५ हजार हो तर तीनै फिल्म उत्कष्ट लागेर ५ हजारका दरले पुरस्कृत गरेका हौँ,’ निर्देशक क्षेत्रीले भने ।

गतवर्ष विदेशी फिल्मलाई पनि पुरस्कृत गरिएको तर यसपटक नगरिएको आयोजकले बतायो । पहिले पनि विदेशी फिल्ममेकर पुरस्कार लिन नआएकाले पनि यस वर्ष पुरस्कार प्रदान नगरिएको डब्बु क्षेत्रीले बताए ।

समापन समारोहमा बोल्दै अध्यक्ष मञ्जु मिश्रले नेपाल अफ्रिका जोड्नमा महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । महोत्सवले नेपाल र अफ्रिकाको सिनेमा संस्कृति आदन प्रदानमा योगदान पुर्‍याएको उनको भनाइ थियो ।

महोत्सवमा अफ्रिकाको नाईजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी/नर्वे/जर्मनी, बेलायत र नेपालसहित १२ देशका २५ ओटा फिल्म प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ९ : २६ बजे

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक