कमिसन बढाउने चलखेल : ग्यास लुकाउँदै व्यवसायी « Khabarhub

कमिसन बढाउने चलखेल : ग्यास लुकाउँदै व्यवसायी


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कमिसन बढाउने चलखेलका साथ व्यवसायीले खाना पकाउने ग्यास लुकाउन थालेका छन् । अहिले ग्यास उद्योगीले प्रतिसिलिन्डर करिब २३२ रुपैयाँ भाडा र कमिसन पाउँदै आएकामा अब झन्डै दोब्बर चाहेको कान्तिपुरमा खबर छ ।

मूल्य बढाउने र कमिसन सुरक्षित गर्ने नियतले ग्यास उद्योगीले भारतबाट ग्यास ल्याउने कागजात (प्रोडक्ट डेलिभरी अर्डर, पीडीओ) शुक्रबारदेखि लिएका छैनन् । काराबारमा नाफा बढाउनुपर्ने माग राख्दै आएका उनीहरुले विरोधमा पीडीओ उठाउन छाडेका हुन् । नेपाल ग्यास उद्योग संघले विरोध कार्यक्रम सार्वजनिक गरेसँगै बजारमा ग्यास लुकाउन थालिएको छ ।

कलेजको शुल्क व्यक्तिको खातामा शीर्षकको अर्को समाचारमा गण्डकी मेडिकल कलेजमा विद्यार्थीले तिरेको शुल्क सञ्चालक र पदाधिकारीको बैंक खातामा जम्मा गरेको भेटिएको छ । प्राप्त नेपाल मेडिकल काउन्सिलको छानविन प्रतिवेदनमा कलेजको खातामा जम्मा गर्नुपर्ने शुल्क पनि व्यक्तिगत खातामा संकलन गरेर राज्यलाई तिर्नुपर्ने करसमेत छली गरेको उल्लेख गरिको छ ।

त्यस्तै फेवातालमा प्याराग्लाइडरको मृत्यु भएको, अख्तियारका पूर्वआयुक्त पाठक घूस प्रकरणमा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहसमेत जोडिएको, सर्लाहीको मलंगवाका मनोजकुमार यादवको गोली हानी हत्या भएकोलगायतका समाचार छापेको छ ।

‘अवैध शुल्क असुल्ने हर्कत’ शीर्षकको आजको सम्पादकीयमा मेडिकल कलेजले दिने शिक्षा र असुल्ने शुल्कको कुरा उठाइएको छ । चिकित्सा शिक्षा ऐनमा चिकित्सा शिक्षा आयोगको परिकल्पना छ । त्यसमा आयोगले निर्धारितभन्दा बढी शुल्क लिने कलेजको सम्बन्धन खारेज गर्न सम्बन्धित विश्वविद्यालयलाई लेखिपठाउन सक्ने उल्लेख छ । अहिलेसम्म आयोग बनिसकेको नभए पनि ऐनले जथाभावी शुल्क लिनेप्रति अपनाउनुपर्ने दृष्टिकोण प्रस्ट पारेको छ । सरकराले त्यही दृष्टिको मर्म पछ्याउनुपर्छ । मनपरी शुल्क असुल्ने कलेज सञ्चालकहरुलाई तत्काल कारबाही गरी पीडित विद्यार्थीलाई न्याय दिलाउनुपर्छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ६ : २१ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट