कमिसन बढाउने चलखेल : ग्यास लुकाउँदै व्यवसायी | Khabarhub Khabarhub

कमिसन बढाउने चलखेल : ग्यास लुकाउँदै व्यवसायी


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कमिसन बढाउने चलखेलका साथ व्यवसायीले खाना पकाउने ग्यास लुकाउन थालेका छन् । अहिले ग्यास उद्योगीले प्रतिसिलिन्डर करिब २३२ रुपैयाँ भाडा र कमिसन पाउँदै आएकामा अब झन्डै दोब्बर चाहेको कान्तिपुरमा खबर छ ।

मूल्य बढाउने र कमिसन सुरक्षित गर्ने नियतले ग्यास उद्योगीले भारतबाट ग्यास ल्याउने कागजात (प्रोडक्ट डेलिभरी अर्डर, पीडीओ) शुक्रबारदेखि लिएका छैनन् । काराबारमा नाफा बढाउनुपर्ने माग राख्दै आएका उनीहरुले विरोधमा पीडीओ उठाउन छाडेका हुन् । नेपाल ग्यास उद्योग संघले विरोध कार्यक्रम सार्वजनिक गरेसँगै बजारमा ग्यास लुकाउन थालिएको छ ।

कलेजको शुल्क व्यक्तिको खातामा शीर्षकको अर्को समाचारमा गण्डकी मेडिकल कलेजमा विद्यार्थीले तिरेको शुल्क सञ्चालक र पदाधिकारीको बैंक खातामा जम्मा गरेको भेटिएको छ । प्राप्त नेपाल मेडिकल काउन्सिलको छानविन प्रतिवेदनमा कलेजको खातामा जम्मा गर्नुपर्ने शुल्क पनि व्यक्तिगत खातामा संकलन गरेर राज्यलाई तिर्नुपर्ने करसमेत छली गरेको उल्लेख गरिको छ ।

त्यस्तै फेवातालमा प्याराग्लाइडरको मृत्यु भएको, अख्तियारका पूर्वआयुक्त पाठक घूस प्रकरणमा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहसमेत जोडिएको, सर्लाहीको मलंगवाका मनोजकुमार यादवको गोली हानी हत्या भएकोलगायतका समाचार छापेको छ ।

‘अवैध शुल्क असुल्ने हर्कत’ शीर्षकको आजको सम्पादकीयमा मेडिकल कलेजले दिने शिक्षा र असुल्ने शुल्कको कुरा उठाइएको छ । चिकित्सा शिक्षा ऐनमा चिकित्सा शिक्षा आयोगको परिकल्पना छ । त्यसमा आयोगले निर्धारितभन्दा बढी शुल्क लिने कलेजको सम्बन्धन खारेज गर्न सम्बन्धित विश्वविद्यालयलाई लेखिपठाउन सक्ने उल्लेख छ । अहिलेसम्म आयोग बनिसकेको नभए पनि ऐनले जथाभावी शुल्क लिनेप्रति अपनाउनुपर्ने दृष्टिकोण प्रस्ट पारेको छ । सरकराले त्यही दृष्टिको मर्म पछ्याउनुपर्छ । मनपरी शुल्क असुल्ने कलेज सञ्चालकहरुलाई तत्काल कारबाही गरी पीडित विद्यार्थीलाई न्याय दिलाउनुपर्छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ६ : २१ बजे

‘अजमेरा फैशन ईन्डिया’ अब नेपालमै, फेक्ट्री रेटमा सामान पाइने 

काठमाडौं- भारतको गुजरातस्थित टेक्सटाइल कम्पनी अजमेरा फैशन ईन्डियाले नेपालको इन्द्रेणी

श्रीलङ्कामा जुनमा ६३ करोड ५० लाख डलर रेमिट्यान्स प्राप्त

कोलम्बो– श्रीलङ्काको केन्द्रीय बैङ्क (सीबीएसएल) को पछिल्लो तथ्याङ्कअनुसार विदेशमा रहेका

भानुभक्त नेपाली भाषाका मात्र नभएर मातृभाषालाई माया गर्ने साझा कवि हुन् : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर

मन्त्री गुप्ता जोडिएको ७८ लाख घुस प्रकरणमा विपक्षीले घेरे सरकारलाई

काठमाडौं- गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणको घुस प्रकरणमा मुछिएको

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको व्यापारमा केन्द्रित चीन भ्रमण सुरु

बेइजिङ– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीचको व्यापारिक सम्बन्धलाई सुदृढ