ओली सरकारको एक वर्ष : आर्थिक सहायता र विदेश भ्रमणका नाममा बाँडियो २ अर्ब « Khabarhub

ओली सरकारको एक वर्ष : आर्थिक सहायता र विदेश भ्रमणका नाममा बाँडियो २ अर्ब


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षमै आर्थिक सहायताका नाममा राज्यको ढुकुटीबाट पौने २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको नागरिक दैनिकमा खबर छ ।

२०७४ फागुन ३ गते सरकारको नेतृत्वमा आएपछि ओलीले विकास, सुशासन र आर्थिक मितव्ययितालाई मूलमन्त्रको रुपमा प्रचार गरेका थिए । ओली सरकारले एक वर्षको अवधिमा आर्थिक सहायता र सहित घोषणाको नाममा १ अर्ब ८० करोड ९३ लाख रुपैयाँभन्दा बढी राज्यको ढुकुटीबाट बाँडेको हो ।त्यस्तै विदेश भ्रमणमा २३ करोड रुपैयाँ खर्च भएको छ ।

त्यस्तै अधिकारीको अन्त्येष्टि शीर्षकको समाचारमा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पुराना कम्युनिस्ट नेता अधिकारीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । लामो समयदेखि मुटु, फोक्सोसहित रोगहरुबाट पीडित अधिकारीको पार्थिव शरीरमा तीन छोरीहरु लिमा, लुना र लिजाले दागबत्ती दिएका थिए ।

३१ थरीका गुराँस ढकमक्क शीर्षकको समाचारमा प्रदेश नम्बर १ का पहाडी जिल्लामा ३१ प्रजातिका गुराँस पाइएका छन् । पाँचजना विज्ञले अनुसन्धान गर्दा यो तथ्य पत्ता लागेको हो । देख्दा आकर्षक र औषधीय महत्व राख्ने गुराँसको चर्चा साहित्यमा पनि विभिन्न बिम्बका रुपमा प्रयोग गर्ने गरिएको छ ।

महाशिवरात्रिको तयारी शीर्षकको सम्पादकीयमा महाशिवरात्रि मनाउन जुन किसिमको तयारी गर्नुपर्ने हो, त्यसतर्फ पशुपति क्षेत्र विकास कोषको ध्यान नपुगेको देखिएको छ । सडकमा ढुंगा छाप्नेदेखि कतिपय संरचना निर्माणको काम अलपत्र छाडिएको छ। साधुसन्त बस्न व्यवस्था गरिएको दक्षिणपट्टिको स्थानको फोहोर सफाइमा ध्यान दिएको देखिँदैन । भक्तजन हिँड्ने भित्रि सडकका खाल्डाखुल्डी पनि त्यत्तिकै छाडिएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ६ : ५६ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव