ओली सरकारको एक वर्ष : आर्थिक सहायता र विदेश भ्रमणका नाममा बाँडियो २ अर्ब « Khabarhub

ओली सरकारको एक वर्ष : आर्थिक सहायता र विदेश भ्रमणका नाममा बाँडियो २ अर्ब


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षमै आर्थिक सहायताका नाममा राज्यको ढुकुटीबाट पौने २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको नागरिक दैनिकमा खबर छ ।

२०७४ फागुन ३ गते सरकारको नेतृत्वमा आएपछि ओलीले विकास, सुशासन र आर्थिक मितव्ययितालाई मूलमन्त्रको रुपमा प्रचार गरेका थिए । ओली सरकारले एक वर्षको अवधिमा आर्थिक सहायता र सहित घोषणाको नाममा १ अर्ब ८० करोड ९३ लाख रुपैयाँभन्दा बढी राज्यको ढुकुटीबाट बाँडेको हो ।त्यस्तै विदेश भ्रमणमा २३ करोड रुपैयाँ खर्च भएको छ ।

त्यस्तै अधिकारीको अन्त्येष्टि शीर्षकको समाचारमा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पुराना कम्युनिस्ट नेता अधिकारीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । लामो समयदेखि मुटु, फोक्सोसहित रोगहरुबाट पीडित अधिकारीको पार्थिव शरीरमा तीन छोरीहरु लिमा, लुना र लिजाले दागबत्ती दिएका थिए ।

३१ थरीका गुराँस ढकमक्क शीर्षकको समाचारमा प्रदेश नम्बर १ का पहाडी जिल्लामा ३१ प्रजातिका गुराँस पाइएका छन् । पाँचजना विज्ञले अनुसन्धान गर्दा यो तथ्य पत्ता लागेको हो । देख्दा आकर्षक र औषधीय महत्व राख्ने गुराँसको चर्चा साहित्यमा पनि विभिन्न बिम्बका रुपमा प्रयोग गर्ने गरिएको छ ।

महाशिवरात्रिको तयारी शीर्षकको सम्पादकीयमा महाशिवरात्रि मनाउन जुन किसिमको तयारी गर्नुपर्ने हो, त्यसतर्फ पशुपति क्षेत्र विकास कोषको ध्यान नपुगेको देखिएको छ । सडकमा ढुंगा छाप्नेदेखि कतिपय संरचना निर्माणको काम अलपत्र छाडिएको छ। साधुसन्त बस्न व्यवस्था गरिएको दक्षिणपट्टिको स्थानको फोहोर सफाइमा ध्यान दिएको देखिँदैन । भक्तजन हिँड्ने भित्रि सडकका खाल्डाखुल्डी पनि त्यत्तिकै छाडिएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ६ : ५६ बजे

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका