३५ देशमा फेसबुकका ८२ कार्यालय « Khabarhub

३५ देशमा फेसबुकका ८२ कार्यालय


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले सूचना प्रविधिको विकास,प्रबर्द्धन र नियमन गर्न तयार पारेको सूचना प्रविधिसम्बन्धी विधेयक संसदमा विचाराधीन छ । विधेयकमा साइबर अपराधलाई नियन्त्रणसँगै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउने भन्दै केही प्रावधान राखिएका छन् ।

तर, त्यस्ता व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने विपक्षी दल तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले आशंका गरेका छन् । तर, यस्ता सामाजिक सञ्जाल अन्यदेशमा प्रक्रिया पूरा गरेर दर्ता भई राजश्व पनि तिरिहेका छन् । सामाजिक सञ्जाल फेसबुक ३५ देशमा दर्ता भएको छ । यसका ८२ कार्यालय छन् । त्यस्तै गुगल पनि ४० देशमा दर्ता भएको छ । विभिन्न ७८ सहरमा गुगलका कार्यालय छन् । अमेरिकामा गत वर्ष मात्र फेसबुकले सवा तीन अर्ब डलर राजस्व तिरेको छ ।

फेसबुक विज्ञापनमा विदेशमा १० देखि २५ प्रतिशतसम्म कर लाग्ने गर्दछ । जस्तै रुसमा २० प्रतिशत तोकिएको छ भने क्यानडामा १० प्रतिशत तोकिएको छ । त्यस्तै अस्ट्रेलियामा १० प्रतिशत लाग्छ भने, कोलम्बियामा १९ प्रतिशत तय गरिएको छ । भारतमा २० प्रतिशत र युरोपका देशहरुमा १७ देखि २५ प्रतिशत तोकिएको नयाँ पत्रिकामा खबर छ ।

स्थानीय तहका कैयौं पदाधिकारीको ध्यान सेवामा होइन, सुविधामा शीर्षकको समाचारमा जनताबाट उठाइएको कर जनप्रतिनिधिको खल्तीमा मात्र सीमित भएको, आम्दानीभन्दा सुविधामा बढी खर्च भएको, अनुगमनका नाममा जथाभावी खर्च गरिएको विषय समेटिएका छन् । त्यस्तै भवन अभावले वन मन्त्रालय तीन ठाउँमा सञ्चालनमा छ । तर, सहरी विकासमन्त्री मो. इस्तियाक राईले भने वनले अनावश्यक भवन ओगटेको आरोप लगाएका छन् । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिडभाड हुने अड्डामा गुप्तचर खटाउने भएको छ ।

आजको सम्पादकीय ‘अधिकारीले दिएको सय रुपैयाँ’ शीर्षकमा लेखिएको छ । नेकपाका पुरानो पुस्ताका नेता तथा पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीले ज्येष्ठ नागरिकलाई दिएको मासिक सय रुपैयाँको सामाजिक सुरक्षा भक्तालाई जनताले अत्यधिक रुचाएका छन् । आफ्नो गाउँ आफैं बनाउँ, वृद्धभत्ताजस्ता लोकप्रिय कार्यक्रम अधिकारीकै चिन्तनको उपज हो । पहिलो पुस्ताका राजनीतिज्ञ तथा सफल अर्थमन्त्रीका रुपमा भरतमोहन नेपाली राजनीतिमा एउटा खाली ठाउँ छोडेर हामीसँग बिदा भएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ६ : ५६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।