सिरियाको हामामा सरकारी सेनालाई लक्षित गरी आक्रमण, २१ सैनिकको मृत्यु « Khabarhub

सिरियाको हामामा सरकारी सेनालाई लक्षित गरी आक्रमण, २१ सैनिकको मृत्यु


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरिया– सिरियाको हामा प्रान्तमा सिरियाली सेना र आतंकवादी संगठन अल कायदा सम्वद्ध विद्रोही समूहबीच भएको भीडन्तमा कम्तीमा २१ सिरियाली सेनाको ज्यान गएको छ ।
सिरियाली विद्रोहीको नियन्त्रणमा रहेको इडलीब प्रान्तको सीमा क्षेत्रको मसास्ना गाउँनजिक सिरियाली सेनालाई लक्षित गरी आक्रमण भएको सिरियाली युद्धको अनुगमन गरिरहेको संस्थाले जनाएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार विद्रोहीको आक्रमणमा ५ लडाकु पनि मारिएका छन् ।

आक्रमणको जिम्मेवारी अल कायदासम्बद्ध अन्सर अल तौहिद समूहले लिएको जनाइएको छ ।

सिरियाली सेनालाई लक्षित गरी भएको यो आक्रमणमा पछिल्ला केही महिनायता भएको सबैभन्दा घातक आक्रमण हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  १० : ३५ बजे

ब्राजिलको निर्वाचनलाई ट्रम्पले भने- ‘लज्जास्पद’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनलाई ‘लज्जास्पद’

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने