महत्वपूर्ण खेलमा अंक बाड्दा लिभरपुललाई घाटा « Khabarhub

महत्वपूर्ण खेलमा अंक बाड्दा लिभरपुललाई घाटा


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इङग्लीस प्रिमियर लिगको महत्वपूर्ण मानिएको एभरटनविरुद्धको खेलमा लिभरपुलले अंक बाडेको छ । आइतबार राति एभरटनको घरेलु मैैदानमा भएको खेलमा लिभरपुलले गोलरहित बराबरी खेल्यो ।

लिगको शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा २ अंकले पछि परेको लिभरपुलले एभरटनसँग अंक बाडेपछि ७० अंकसहित दोस्रो स्थानका कायमै छ । दोस्रो स्थानको सिटीको ७१ अंक छ । लगातारको कमजोर प्रदर्शनले लिभरपुल सिटी भन्दा अंक तालिकामा पछि परेको छ ।

लिभरपुलका स्टार खेलाडी मोहमद सलाहले पटक-पटक गरेका गोल प्रयास एभरटनका गोलकिपरले असफल बनाइदिएपछि लिभरपुल अंक बाड्न बाध्य भयो ।

योसँगै लिभरपुल र सिटीबीच प्रिमियर लिग उपाधिका लागि रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ । एभरटनले घरेलु मैदानमा लिभरपुलविरुद्ध रक्षात्मक खेल्दै उत्कृष्ट प्रदर्शन गर्यो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  १० : ४१ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले