महत्वपूर्ण खेलमा अंक बाड्दा लिभरपुललाई घाटा | Khabarhub Khabarhub

महत्वपूर्ण खेलमा अंक बाड्दा लिभरपुललाई घाटा


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इङग्लीस प्रिमियर लिगको महत्वपूर्ण मानिएको एभरटनविरुद्धको खेलमा लिभरपुलले अंक बाडेको छ । आइतबार राति एभरटनको घरेलु मैैदानमा भएको खेलमा लिभरपुलले गोलरहित बराबरी खेल्यो ।

लिगको शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा २ अंकले पछि परेको लिभरपुलले एभरटनसँग अंक बाडेपछि ७० अंकसहित दोस्रो स्थानका कायमै छ । दोस्रो स्थानको सिटीको ७१ अंक छ । लगातारको कमजोर प्रदर्शनले लिभरपुल सिटी भन्दा अंक तालिकामा पछि परेको छ ।

लिभरपुलका स्टार खेलाडी मोहमद सलाहले पटक-पटक गरेका गोल प्रयास एभरटनका गोलकिपरले असफल बनाइदिएपछि लिभरपुल अंक बाड्न बाध्य भयो ।

योसँगै लिभरपुल र सिटीबीच प्रिमियर लिग उपाधिका लागि रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ । एभरटनले घरेलु मैदानमा लिभरपुलविरुद्ध रक्षात्मक खेल्दै उत्कृष्ट प्रदर्शन गर्यो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  १० : ४१ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग