युभेन्ट्सको अपराजित यात्रा कायमै, नेपोलीसँग २१ अंकको दुरी « Khabarhub

युभेन्ट्सको अपराजित यात्रा कायमै, नेपोलीसँग २१ अंकको दुरी


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटालीयन सिरी ‘ए’ मा युभेन्ट्सले आफ्नो अपराजित यात्रा कायम राखेको छ । आइतबार राति भएको खेलमा इटालीयन महारथी युभेन्टसले अर्को हस्ती नेपोलीलाई २—१ गोल अन्तरले पराजित गरेको छ ।

खेलको २५ औं मिनेटमा नेपोलीका एलेक्स मेरेटले रातो कार्ड पाएका थिए । रातो कार्डका कारण १० खेलाडीमा सीमित भएको नेपोलीविरुद्ध युभेन्ट्सका मिरालेम पेजानिकले २८ औं मिनेटमा गोल गर्दै टिमलाई १—० गोलको अग्रता दिलाएका थिए ।

त्यसको ठीक ११ मिनेटपछि अर्थात् ३९ औं मिनेटमा इमरे कानले गोल गर्दै युभेन्ट्सलाई २—० को अग्रता दिलाएका थिए ।

विश्व चर्चीत खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्न नसक्दा पनि खेलको पहिलो हाफमा युभेन्ट्सले २—० को अग्रता लिएको थियो । दोस्रो हाफको दोस्रो मिनेटमा युभेन्ट्सका मिरालेम पेजानिकले खेलमा दुई पहेंलो कार्ड खाएका थिए । बाँकी सममय दुवै टोली १०—१० खेलाडीमा खेलेका थिए ।

खेलको ६१ औं मिनेटमा जोसे कल्लेजोइले गोल गर्दै युभेन्ट्सविरुद्ध पहिलो गोल फर्काए पछि खेल २—१ को अवस्थामा रहेको थियो । पछि नेपोलीले गोल थप्न नसक्दा युभेन्ट्ससँग अंक खोस्न सकेन भने पहिलो हाफमै २ गोल गर्न सफल भएको युभेन्ट्सले पनि अर्को गोल थप्न सकेन ।

जीतसँगै युभेन्ट्सले ७२ अंकसहित सिरी ए मा दोस्रो स्थानको नेपोली भन्दा २१ अंकको स्पष्ट अग्रता लिएको छ । पराजित नेपोलीको ५६ अंक रहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ११ : ०७ बजे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई