युभेन्ट्सको अपराजित यात्रा कायमै, नेपोलीसँग २१ अंकको दुरी « Khabarhub

युभेन्ट्सको अपराजित यात्रा कायमै, नेपोलीसँग २१ अंकको दुरी


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटालीयन सिरी ‘ए’ मा युभेन्ट्सले आफ्नो अपराजित यात्रा कायम राखेको छ । आइतबार राति भएको खेलमा इटालीयन महारथी युभेन्टसले अर्को हस्ती नेपोलीलाई २—१ गोल अन्तरले पराजित गरेको छ ।

खेलको २५ औं मिनेटमा नेपोलीका एलेक्स मेरेटले रातो कार्ड पाएका थिए । रातो कार्डका कारण १० खेलाडीमा सीमित भएको नेपोलीविरुद्ध युभेन्ट्सका मिरालेम पेजानिकले २८ औं मिनेटमा गोल गर्दै टिमलाई १—० गोलको अग्रता दिलाएका थिए ।

त्यसको ठीक ११ मिनेटपछि अर्थात् ३९ औं मिनेटमा इमरे कानले गोल गर्दै युभेन्ट्सलाई २—० को अग्रता दिलाएका थिए ।

विश्व चर्चीत खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्न नसक्दा पनि खेलको पहिलो हाफमा युभेन्ट्सले २—० को अग्रता लिएको थियो । दोस्रो हाफको दोस्रो मिनेटमा युभेन्ट्सका मिरालेम पेजानिकले खेलमा दुई पहेंलो कार्ड खाएका थिए । बाँकी सममय दुवै टोली १०—१० खेलाडीमा खेलेका थिए ।

खेलको ६१ औं मिनेटमा जोसे कल्लेजोइले गोल गर्दै युभेन्ट्सविरुद्ध पहिलो गोल फर्काए पछि खेल २—१ को अवस्थामा रहेको थियो । पछि नेपोलीले गोल थप्न नसक्दा युभेन्ट्ससँग अंक खोस्न सकेन भने पहिलो हाफमै २ गोल गर्न सफल भएको युभेन्ट्सले पनि अर्को गोल थप्न सकेन ।

जीतसँगै युभेन्ट्सले ७२ अंकसहित सिरी ए मा दोस्रो स्थानको नेपोली भन्दा २१ अंकको स्पष्ट अग्रता लिएको छ । पराजित नेपोलीको ५६ अंक रहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ११ : ०७ बजे

पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा मापन

तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै सम्सीका महिलाहरू

जनकपुरधाम– एक समय घरधन्दामा सीमित महोत्तरीको सम्सी गाउँपालिका–७ सम्सीका महिलाहरू

बर्डफ्लुका कारण जावलाखेल चिडियाखानालाई तीन करोड घाटा

काठमाडौँ– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि २७

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।   सुनको मूल्य

प्रधानमन्त्री शाहले पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय तथा