लागुऔषध खैरो हिरोइनसहित ३ जना पक्राउ « Khabarhub

लागुऔषध खैरो हिरोइनसहित ३ जना पक्राउ


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा–  झापामा दुई दिनमा १२ ग्राम लागू औषध खैरो हिरोइनसहित ३ जना पक्राउ परेका छन् ।

झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार राति २ जना पक्राउ परेलगत्तै आइतबार दिउँसो मेचीनगरबाट थप १ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले अर्जुनधारा–९ स्थित गोलधाममा पूर्वबाट पश्चिम आउँदै गरेको मे ८ प ९४२५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–८ का घनश्याम साहको साथबाट छ ग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

सोही मोटरसाइकलमा सवार अर्जुनधारा–८ का २१ वर्षीय प्रकाश राजवंशीको साथबाट लागू औषध लुपिजेसिक २० थान, फेनारगन २० थान र डाइजेपाम २० एम्पुल फेला परेको उनले बताए । लागू औषधसहित पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यता, मेचीनगर नगरपालिका–६ भन्सार गेटबाट खैरो हिरोइनसहित आइतबार दिउँसो शिवसताक्षी नगरपालिका–३ का २६ वर्षीय विकास कार्कीलाई ६ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ । लागू औषधसहित पक्राउ परेका कार्कीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ११ : २३ बजे

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो