२० वर्षपछि दोहोरिएला सलमान र ऐश्वर्याको जोडी ? « Khabarhub

२० वर्षपछि दोहोरिएला सलमान र ऐश्वर्याको जोडी ?


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – २० वर्षपछि सलमान खान र सञ्जय लीला भन्साली एक रोमान्टिक फिल्ममा काम गर्दैछन् । यो फिल्मको नाम अहिलेलाई ‘हम दिल दे चुके सनम २’ बताइएको छ । तर, फिल्मको औपचारिक घोषणा भने गरिएको छैन ।

उक्त रोमान्टिक फिल्ममा सलमान खान त फाइनल भइसकेका छन् तर नायिका कसलाई लिने भन्ने कुरालाई सस्पेन्स राखिएको छ ।

खबरका अनुसार सलमान खान आफ्नो अपोजिटमा कटरिना कैफलाई चाहन्छन् । तर, भन्साली भने क्याटरिनालाई लिन त्यति चाहिरहेका छैनन् ।

भारतीय मिडियाका अनुसार सलमानले फिल्ममा क्याटरिनालाई लिन चाहेका छन् तर भन्साली भने बरु दीपिका पादुकोणलाई लिन चाहन्छन् । जबकि, भन्सालीले दीपिकालाई लिएर फिल्म निर्देशन गरिसकेका छन् ।

चर्चा त यो पनि छ कि, भन्सालीले यो फिल्मका लागि ऐश्वर्या राय बच्चनलाई पनि मनाउने कोशिश गरिरहेका छन् । त्यसो त फिल्मका लागि आलिया भट्ट र जाह्नवी कपूरलाई लिने कि भन्नेमा पनि छलफल भएको बताइन्छ ।

तर, जोडी नमिल्ने देखेर भन्सालीले आँट गरिरहेका छैनन् ।

यही फिल्मका लागि प्रियंका चोपडाको पनि नाम जोडिएको चर्चा छ । तर यो बारेमा आधिकारिक जानकारी भने अझै आएको छैन ।

भन्साली–सलमानको यो प्रोजेक्टको छायांकन सेप्टेम्बरको आसपास शुरु हुनेछ । त्यतिबेलासम्म सलमान खानले ‘दबंग ३’ को शूटिङ पनि सकिसकेका हुनेछन् ।

यो फिल्मलाई सलमान खान र भन्सालीले मिलेर निर्माण गर्नेछन् । फिल्म भने सन् २०२० मा रिलिज हुनेछ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  १२ : ३४ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्