वीर अस्पतालको भीभीआईपी कक्षमा २९ वर्षमा एकजना पनि छिरेनन् | Khabarhub Khabarhub

वीर अस्पतालको भीभीआईपी कक्षमा २९ वर्षमा एकजना पनि छिरेनन्


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालको सबैभन्दा पूरानो अस्पताल वीरमा भव्य भीभीआईपी कक्ष छन् । एकै बिरामीका लागि आइसियू, एसी र बाथरुमसहितको कोठा, सुरक्षाकर्मी, परिवार, आगन्तुक, डाक्टर र नर्सलाई छुट्टाछुट्टै कोठा, भान्सा र अलग्गै बाथरुम पनि ।

तर, यस्तो सुविधासम्पन्न भीभीआईपी कक्षमा ०४६ साल यता ताला लागेको छ । भीआईपी कक्षमा पाँच वर्षको अवधिमा १२ जना मात्र पुगेको नयाँ पत्रिकामा खबर छ ।

मन्त्री, सांसद, न्यायाधीश र चिवले उपचार गराएका थिए । तर, सचिव चन्द्र घिमिरेले मात्र उपचारको पैसा तिरेका छन् । पूर्वसभामुख तारानाथ रानाभाटको नाममा ५७ हजार बक्यौता छ । यो भीआईपी कक्षमा हरेकस्तरका बिरामीको उपचार गर्ने क्षमता छ । विशिष्टको उपचारमा चार वर्षमा ६ करोड खर्च भएको छ । यस वर्ष मात्रै अर्थ मन्त्रालयबाट २७ लाख निकासा गराएको छ ।

त्यस्तै सरकारले २५ वर्षभित्र प्रतिव्यक्ति आय १२ हजार ५ सय डलर पुर्‍याउने लक्ष्य राखेको, पानीजहाजको सम्भाव्यता अध्ययन गर्न टोली नवलपरासीको त्रिवेणी क्षेत्रमा पुगेको, आज कोशी व्यारेजमा सम्भाव्यता अध्ययन गर्ने, प्रतिनिधिसभा र प्रदेशमा चार क्षेत्र रिक्त लगायतका खबर छापिएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ६ : ३९ बजे

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप

‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य

दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट

फणिराज पाठकले भने : पूर्वराजालाई नजरबन्द गरिएको समाचार झुठो हो

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको समाचार

गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट डा. विश्व