भरतमोहन र रवीन्द्रको सम्झनामा २३ गते नेकपाले श्रद्धाञ्जलीसभा गर्ने « Khabarhub

भरतमोहन र रवीन्द्रको सम्झनामा २३ गते नेकपाले श्रद्धाञ्जलीसभा गर्ने


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी नेकपाले दिवंगत नेताद्वय भरतमोहन अधिकारी तथा रवीन्द्र अधिकारीको सम्झनामा फागुन २३ गते बिहीबार श्रद्धाञ्जलीसभा गर्ने भएको छ ।

काठमाडौंको भृकुटीमण्डवमा आयोजना हुने सभालाई नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । श्रद्धाञ्जलीसभालाई सफल पार्न नेकपाले सम्पूर्ण जनवर्गीय संगठनलाई निर्देशन दिएको पनि उनले बताए ।

श्रद्धाञ्जलीसभाको तयारीका विषयमा छलफल गर्न हिजो (सोमबार) पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसेको भन्दै श्रेष्ठले कार्यक्रममा प्रदेश ३ र उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय भएको बताए ।

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको सम्झनामा श्रद्धाञ्जलीसभा गर्ने निर्णय गरेको थियो ।

उपचारत पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएपछि आइतबार बसेको नेकपा सचिवालय बैठकले दुवै नेताको सम्झनामा एकै दिन श्रद्धाञ्जलीसभा गर्ने निर्णय गरेको कार्यालयका सचिव श्रेष्ठले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ८ : २६ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर