बाँदर आतङ्कले आजित भएका किसानका गुनासैगुनासा « Khabarhub

बाँदर आतङ्कले आजित भएका किसानका गुनासैगुनासा


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेझाड- पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीमा बाँदर आतङ्कले कृषक हैरानीमा परेका छन् । ठूलो समूहमा जङ्गलबाट आएको बाँदरले खेतबारीमा लगाएका तरकारी, अन्नबाली खाएर नष्ट पार्न थालेको छ ।

आलु खन्न नपाउँदै खेतबाटै खोतलेर खाएर सखापै पारेको कृषक केदारप्रसाद बस्यालले बताए । उनले यस वर्ष उन्नत जातको (प्रिभेसी खुमल उज्ज्वल) एक हजार दाना आलु लगाए । ‘नयाँ प्रजातिको महँगो मूल्यमा बीउ खरीद गरेर आलु लगाएको, खन्न नपाउँदै बाँदरले खेतबाटै खाएर सखापै पार्‍यो’, बस्यालले भने । बस्यालले प्रतिदाना १५ रुपैयाँमा बीउ खरीद गरेर नयाँ प्रजातिको आलु लगाएका थिए ।

त्यस्तै अर्का कृषक अम्रिका सुनारको पनि खन्ने अवस्थामा रहेको आलु बाँदरले खेतमा पसेर नष्ट पारेको छ । करीब एक रोपनी क्षेत्रफलमा लगाएको आलु बाँदरले पूरै खाएर नष्ट पारेको उनले गुनासो गरे ।

करीब २०० को समूहमा बाँदर गाउँमा एकै पटक पसेर अन्न, तरकारी बाली सबै नष्ट पार्न थालेछि यहाँका कृषक चिन्तित बनेका छन् । घरभित्रै पसेर धान, गहुँ, मकैलगायतका अन्न पनि खाइदिने गरेको छ । समूहमा गाउँमा पसेका बाँदरले मानिसलाई नै आक्रमण गर्न थालेको नेत्र अर्यालले बताए । ‘घरमा वृद्धवृद्धा र बालबालिकालाई मात्र छोड्न नहुने अवस्था आएको छ, बाटोमा हिँड्दा, घरमा बस्दा ठूलो सङ्ख्यामा आएको बाँदरले मान्छे देखेपछि एक्कासि आक्रमण गर्न थालेको छ’, अर्यालले भने ।

खेतमा लगाइएका आलु, बन्दा, काउली, गहुँलगायतका बालीनाली बाँदरले खाएर नष्ट पार्न थालेपछि यहाँका कृषक चिन्तामा छन् । हुँगीको विशेषगरी च्याङलिङ नौगाउँका कृषक बढी बाँदर आतङ्कको मारमा परेका छन् । यहाँका कृषकको दिनचर्या हिजोआज बाँदरको रेखदेख गर्दैमा बित्ने गरेको छ । यो क्षेत्रमा प्रशस्त कृषि बाली उत्पादन हुने गर्छ । यस वर्ष बाँदर आतङ्कले उत्पादन लिनै नपाइएको कृषकको गुनासो छ ।

बाँदर आङ्तक नियन्त्रणका सम्बन्धमा गाउँपालिकामा छलफल भइरहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउँछन् । ‘बाँदर छोपेर (समातेर) मात्र भएन, यसको दिगो व्यवस्थापन कसरी गर्न सकिएला भन्ने विषयमा गम्भीर छलफल भइरहेको छ’, अध्यक्ष भण्डारीले भने । बाँदरलाई समातेर राष्ट्रिय निकुञ्जमा नै पुर्‍याउने विषयमा सरोकारवाला निकाय, व्यक्तिसँग सल्लाह भइरहेको अध्यक्ष भण्डारीले बताए । यस क्षेत्रमा विगत तीन वर्षयता बाँदर आतङ्क फैलिएको छ ।

रामपुरका विभिन्न स्थानमा पनि बाँदर आतङ्कले सताउन थालेको कृषक बताउँछन् । रामपुर नगरपालिकाका गाडाँकोट, दर्छा, बाहुनडाँडा, कटहरबारी, बिक्रम्दी, खालीवनलगायतका क्षेत्रमा बाँदरले वर्षेनी सताउने गरेको छ । बाँदर नियन्त्रणका सम्बन्धमा सम्बन्धित निकायले चासो नदिएको रामपुरका कृषकको गुनासो छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ९ : २२ बजे

मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुलनजिक आज बिहान

रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘सक्षम सांसद, सशक्त संसद’

जनकपुरधाममा आज न्यायिक महोत्सव हुँदै 

धनुषा– उच्च अदालत जनकपुरले आज मधेस प्रदेशमा पहिलो पटक न्यायिक

कांग्रेसले आज धनगढीमा प्रदेशस्तरीय भेला गर्दै, सभापति थापाले उद्घाटन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश र स्थानीय

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

भैरहवा– अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका आयातित