स्पेशल ओलम्पिकमा सहभागी हुने टोलीको बिदाइ « Khabarhub

स्पेशल ओलम्पिकमा सहभागी हुने टोलीको बिदाइ


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)मा हुने ‘स्पेशल ओलम्पिक वर्ल्ड समर गेम्स’मा सहभागी हुने नेपाली टोलीको  मंगलबार बिहान यहाँ आयोजित कार्यक्रममा बिदाइ गरिएको छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले टोलीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गरी देशको गौरव अभिवृद्धि गर्न सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

युएईमा हुने प्रतियोगितामा नेपालले फाइभ ए साइड युनिफाइड फुटसल, बोसी र एथलेटिक्समा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा सहभागी हुने खेलाडीमा सौरव कार्की, आदित बज्राचार्य, आदेशराज काफ्ले, अजय तामाङ, एलिसा न्यौपाने, सविना छुस्याबागा, नगिना महर्जन, क्षितिज बानियाँ, सुनीता सुनुवार, इशान श्रेष्ठ, धनबहादुर क्षेत्री, अनिश कार्की, महेन्द्र कार्की, ईश्वर लिम्बू, महिमा कोइराला र सागर शेरचन रहेका छन् ।

प्रतियोगितामा सहभागी टोली  बिहीबार युएई प्रस्थान गर्नेछ ।

प्रमुख प्रशिक्षकमा गणेश पराजुली, फुटसल प्रशिक्षकमा ठाकुरप्रसाद गौतम, एथलेटिक्स प्रशिक्षकमा राहुल लामिछाने र शान्ति थापा तथा बोसी प्रशिक्षकमा विमला लामा छन् । मेडिकलमा रोजी श्रेष्ठ छन् । टोली नेतामा स्पेशल ओलम्पिक नेपालकी अध्यक्ष डा शिक्षिता श्रेष्ठ रहेकी छन् ।

यही मार्च १४ देखि २१ तारिखसम्म हुने प्रतियोगिताका लागि अध्यक्ष श्रेष्ठ भने आजै युएई जानेछिन् । खेलाडी र प्रशिक्षक मार्च ७ मा त्यसतर्फ जानेछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १० : ४४ बजे

रास्वपाको उम्मेदवार छनोट रूपरेखा : पैसा, पहुँच र गुटको प्रभाव नचल्ने 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका

साउदीका लागि प्रस्तावित राजदूत सुनार अस्वीकृत हुँदा १० जनाको नाम अनुमोदन

काठमाडौं – संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित

कांग्रेस केन्द्रीय सदस्यमा चिरीबाबुको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र