भारतीय फुटबल क्लब किन्दै म्यानचेस्टर सिटी « Khabarhub

भारतीय फुटबल क्लब किन्दै म्यानचेस्टर सिटी


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस क्लब म्यान्चेस्टर सिटीले भारतीय फुटबल क्लब किन्ने तयारी गरेको सिटीका सीईओ फेरान सोरीआनोले बताएका छन् ।

सिटी फुटबल ग्रुपले विश्वभर आफ्नो क्लबको शाखा विस्तारलाई अगाडि बढाएको बताइएको छ । फ्रेब्रुअरीमा मात्रै सिटीको ग्रुपले सिचुवान जिन्यु एफसी फुटबल क्लब किनेको थियो ।

जिन्युसहित गरि सिटीले अहिलेसम्म अमरिकामा न्युयोर्क सिटी, अष्ट्रेलियामा मेलबर्न सिटी, जापानमा योकोहामा एफ मारिनोस, एट्लेटिको टोर्के र जिरोना लगायत क्लबमा शेयर लगानी गरेको छ ।

सीईओ सारीआनोले क्लबको विकासक्रममा धैर्यता हुनुपर्ने बताएका छन् । “हामी केही बजार र देशहरूमा चासो देखाईरहेका छौं,” सीईओ सोरीआनोले भने, “जहाँ फुटबलमा धैर्यता र अवसर छ । फुटबलमा अवसर रहेका देश जस्तै चीन र भारत पनि । यस्तै एसियामा अर्को अवसर हुन सक्छ ।”

“हामी कम्तीमा दुई वर्षको लागि भारतलाई हेरिरहेका छौं । हामी यो बर्ष भित्र भारतमा लगानी गरिसक्ने छौं,’ सीईओ सोरीआनोले भने ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १० : ५२ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म (भिडियोसहित)

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा