भारतीय फुटबल क्लब किन्दै म्यानचेस्टर सिटी | Khabarhub Khabarhub

भारतीय फुटबल क्लब किन्दै म्यानचेस्टर सिटी


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस क्लब म्यान्चेस्टर सिटीले भारतीय फुटबल क्लब किन्ने तयारी गरेको सिटीका सीईओ फेरान सोरीआनोले बताएका छन् ।

सिटी फुटबल ग्रुपले विश्वभर आफ्नो क्लबको शाखा विस्तारलाई अगाडि बढाएको बताइएको छ । फ्रेब्रुअरीमा मात्रै सिटीको ग्रुपले सिचुवान जिन्यु एफसी फुटबल क्लब किनेको थियो ।

जिन्युसहित गरि सिटीले अहिलेसम्म अमरिकामा न्युयोर्क सिटी, अष्ट्रेलियामा मेलबर्न सिटी, जापानमा योकोहामा एफ मारिनोस, एट्लेटिको टोर्के र जिरोना लगायत क्लबमा शेयर लगानी गरेको छ ।

सीईओ सारीआनोले क्लबको विकासक्रममा धैर्यता हुनुपर्ने बताएका छन् । “हामी केही बजार र देशहरूमा चासो देखाईरहेका छौं,” सीईओ सोरीआनोले भने, “जहाँ फुटबलमा धैर्यता र अवसर छ । फुटबलमा अवसर रहेका देश जस्तै चीन र भारत पनि । यस्तै एसियामा अर्को अवसर हुन सक्छ ।”

“हामी कम्तीमा दुई वर्षको लागि भारतलाई हेरिरहेका छौं । हामी यो बर्ष भित्र भारतमा लगानी गरिसक्ने छौं,’ सीईओ सोरीआनोले भने ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १० : ५२ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’