सिप्यान अर्वाड आज, सन्दीपदेखि पारससम्म कसले मार्ला बाजी ? « Khabarhub

सिप्यान अर्वाड आज, सन्दीपदेखि पारससम्म कसले मार्ला बाजी ?


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-एनसीसीएस-सिप्यान क्रिकेट अवार्ड २०१९ आज (मंगलबार) प्रदान गरिने भएको छ । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले विभिन्न ५ विधामा अवार्ड प्रदान गर्नेछ ।

‘वर्ष उत्कृष्ट खेलाडी’ (पुरुष) ‘वर्ष उत्कृष्ट खेलाडी’ (महिला) ‘वर्ष उदीयमान खेलाडी’, ‘मोस्ट भ्यालुएबल मुभ्मेन्ट अफ दी इयर’ र ‘लाइफ टाइम अचिभ्मेन्ट अवार्ड’ गरी ५ विधामा अर्वाड प्रदान गरिनेछ ।

वर्षका उत्कृष्ट १० क्षण सिप्यानले यसअघि नै सार्वजनिक गरेको थियो । जुन भोटिङमार्फत् विजेता छानिनेछ । भोटिङ समय सोमबार राति सम्म थियो ।

वर्ष खेलाडी पुरुष र महिला तथा बर्षको उदीयमान खेलाडीको मनोनयन सिप्यानले गठन गरेको प्र्राविधिक टोलीले आइतबार सार्वजनिक गरिसकेको छ ।

यस्तै, लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्राविधिक टोलीले अर्वाड प्रदान कार्यक्रममा सार्वजनिक गर्ने जानकारी दिएको छ ।

वर्ष उत्कृष्ट खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामी मनोनयनमा परेका छन् ।
यस्तै, उत्कृष्ट खेलाडी महिलातर्फ राष्ट्रिय महिला टोलीकी कप्तान रुवीना क्षेत्री बेलबासी, इन्दु बर्मा, करुणा भण्डारी, सरिता मगर र सीता खराना मगर मनोनयनमा परेका छन् ।

वर्षको उदयीमान खेलाडीमा अभिनास बोहरा, ललित नारायण राजवंशी, रोहित कुमार पौडेल, सन्दीप जोरा र कविता कुँवर छन् ।

क्रिकेट खेलाडी संघले पहिलो पटक आयोजना गरेको अर्वाड कार्यक्रमले खेलाडीहरुका लागि उत्प्रेरणा बन्ने आशा गरिएको छ । वर्ष उत्कृष्ट खेलाडीमा युवा खेलाडीदेखि राष्ट्रिय टोलीका कप्तान पारस खड्कासम्मको नाम छ ।

पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीले नगद १ लाख ३२ हजार पुरस्कार राशी प्राप्त गर्नेछन् भने अन्य ४ वटै विधाका पुरस्कृत हुने खेलाडीले समान ६६ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ११ : ०८ बजे

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज

काठमाडौँका पर्यटकीय क्षेत्रमा चहलपहल (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न