सिप्यान अर्वाड आज, सन्दीपदेखि पारससम्म कसले मार्ला बाजी ? | Khabarhub Khabarhub

सिप्यान अर्वाड आज, सन्दीपदेखि पारससम्म कसले मार्ला बाजी ?


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-एनसीसीएस-सिप्यान क्रिकेट अवार्ड २०१९ आज (मंगलबार) प्रदान गरिने भएको छ । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले विभिन्न ५ विधामा अवार्ड प्रदान गर्नेछ ।

‘वर्ष उत्कृष्ट खेलाडी’ (पुरुष) ‘वर्ष उत्कृष्ट खेलाडी’ (महिला) ‘वर्ष उदीयमान खेलाडी’, ‘मोस्ट भ्यालुएबल मुभ्मेन्ट अफ दी इयर’ र ‘लाइफ टाइम अचिभ्मेन्ट अवार्ड’ गरी ५ विधामा अर्वाड प्रदान गरिनेछ ।

वर्षका उत्कृष्ट १० क्षण सिप्यानले यसअघि नै सार्वजनिक गरेको थियो । जुन भोटिङमार्फत् विजेता छानिनेछ । भोटिङ समय सोमबार राति सम्म थियो ।

वर्ष खेलाडी पुरुष र महिला तथा बर्षको उदीयमान खेलाडीको मनोनयन सिप्यानले गठन गरेको प्र्राविधिक टोलीले आइतबार सार्वजनिक गरिसकेको छ ।

यस्तै, लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्राविधिक टोलीले अर्वाड प्रदान कार्यक्रममा सार्वजनिक गर्ने जानकारी दिएको छ ।

वर्ष उत्कृष्ट खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामी मनोनयनमा परेका छन् ।
यस्तै, उत्कृष्ट खेलाडी महिलातर्फ राष्ट्रिय महिला टोलीकी कप्तान रुवीना क्षेत्री बेलबासी, इन्दु बर्मा, करुणा भण्डारी, सरिता मगर र सीता खराना मगर मनोनयनमा परेका छन् ।

वर्षको उदयीमान खेलाडीमा अभिनास बोहरा, ललित नारायण राजवंशी, रोहित कुमार पौडेल, सन्दीप जोरा र कविता कुँवर छन् ।

क्रिकेट खेलाडी संघले पहिलो पटक आयोजना गरेको अर्वाड कार्यक्रमले खेलाडीहरुका लागि उत्प्रेरणा बन्ने आशा गरिएको छ । वर्ष उत्कृष्ट खेलाडीमा युवा खेलाडीदेखि राष्ट्रिय टोलीका कप्तान पारस खड्कासम्मको नाम छ ।

पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीले नगद १ लाख ३२ हजार पुरस्कार राशी प्राप्त गर्नेछन् भने अन्य ४ वटै विधाका पुरस्कृत हुने खेलाडीले समान ६६ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ११ : ०८ बजे

६ करोडमा अस्पताल भवन निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ७ हिस्तान औलामा ६ करोड रुपैयाँको लागतमा

कांग्रेस नेताहरूमाथिको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण : कोइराला समूह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा.  शेखर कोइराला समूहका नेताहरूको बैठकले

विद्यालयलाई आर्थिक सहयोग

तनहुँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको एक विद्यालयलाई सहयोग गरेको

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्