गण्डकी मेडिकल कलेजका संचालकको सम्पत्ति छानबिनको माग गर्दै विद्यार्थीले दिए उजुरी « Khabarhub

गण्डकी मेडिकल कलेजका संचालकको सम्पत्ति छानबिनको माग गर्दै विद्यार्थीले दिए उजुरी


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी मेडिकल कलेजका संचालक खुमा अर्याललगायत ६ जनाको सम्पत्ति छानबिन गर्न माग गर्दै कजेका विद्यार्थीहरुले सम्पत्ति शुद्दीकरण अनुसन्धान विभागमा उजुरी दिएका छन् ।

सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै ३३ दिनदेखि आन्दोलनरत गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले आज (मंगलबार) ललितपुरस्थित सम्पत्ति शुद्दीकरण अनुसन्धान विभाग उजुरी दिएका हुन् ।

विद्यार्थीहरुले कलेजका संचालनक खुमा अर्यालले कलेजका प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक रविन्द्र प्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोलर युवराज शर्मा, लेखा साखा प्रमुख हरिमाया पौडेल र मेडिकल कलेजमा कार्यरत दिनेश पौडेलको सम्पत्ति छानबिन गर्न माग गरेका हुन् ।

कलेज संचालनक र अन्य कर्मचारीले गण्डकी मेडिकल कलेजमा विभिन्न तहमा अध्ययनरत विद्यार्थी र तीनका अभिभावकसँग अवैध रुपमा शुल्क लिएर ठगी गरेको र कर छली गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै विद्यार्थीहरुले सम्पत्ति छानविन गर्न माग गरेका छन् ।

मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी अनिल सिन्हाले मेडिकल कलेज संचालनकले विद्यर्थी र अभिभावकसँग अवैध शुल्क लिएर अकुत सम्पत्ति आर्जन छम्पति छानविन गर्न माग गरिएको खबरहबलाई बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा समेत विद्यार्थीहरुले गण्डकी मेडिकल कलेज संचालकसहित अन्य व्यक्तिविरूद्द ठगी मुद्दा दर्ता गरेका छन् ।

यस्ताे छ विद्यार्थीले दिएको सम्पत्ति शुद्धीकरण विभागमा दिएकाे उजुरी,

 

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ६ : २७ बजे

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश