गण्डकी मेडिकल कलेजका संचालकको सम्पत्ति छानबिनको माग गर्दै विद्यार्थीले दिए उजुरी | Khabarhub Khabarhub

गण्डकी मेडिकल कलेजका संचालकको सम्पत्ति छानबिनको माग गर्दै विद्यार्थीले दिए उजुरी


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी मेडिकल कलेजका संचालक खुमा अर्याललगायत ६ जनाको सम्पत्ति छानबिन गर्न माग गर्दै कजेका विद्यार्थीहरुले सम्पत्ति शुद्दीकरण अनुसन्धान विभागमा उजुरी दिएका छन् ।

सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै ३३ दिनदेखि आन्दोलनरत गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले आज (मंगलबार) ललितपुरस्थित सम्पत्ति शुद्दीकरण अनुसन्धान विभाग उजुरी दिएका हुन् ।

विद्यार्थीहरुले कलेजका संचालनक खुमा अर्यालले कलेजका प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक रविन्द्र प्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोलर युवराज शर्मा, लेखा साखा प्रमुख हरिमाया पौडेल र मेडिकल कलेजमा कार्यरत दिनेश पौडेलको सम्पत्ति छानबिन गर्न माग गरेका हुन् ।

कलेज संचालनक र अन्य कर्मचारीले गण्डकी मेडिकल कलेजमा विभिन्न तहमा अध्ययनरत विद्यार्थी र तीनका अभिभावकसँग अवैध रुपमा शुल्क लिएर ठगी गरेको र कर छली गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै विद्यार्थीहरुले सम्पत्ति छानविन गर्न माग गरेका छन् ।

मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी अनिल सिन्हाले मेडिकल कलेज संचालनकले विद्यर्थी र अभिभावकसँग अवैध शुल्क लिएर अकुत सम्पत्ति आर्जन छम्पति छानविन गर्न माग गरिएको खबरहबलाई बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा समेत विद्यार्थीहरुले गण्डकी मेडिकल कलेज संचालकसहित अन्य व्यक्तिविरूद्द ठगी मुद्दा दर्ता गरेका छन् ।

यस्ताे छ विद्यार्थीले दिएको सम्पत्ति शुद्धीकरण विभागमा दिएकाे उजुरी,

 

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ६ : २७ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून