अमेरिकाले भारतलाई दिँदै आएको विशेषाधिकारसहितको व्यापारिक छुट कटौती गर्ने « Khabarhub

अमेरिकाले भारतलाई दिँदै आएको विशेषाधिकारसहितको व्यापारिक छुट कटौती गर्ने


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई यसअघि अमेरिकाले दिँदै आएको विशेषाधिकारसहितको व्यापारिक छुट कटौती गर्ने भएका छन् ।

राष्ट्रपति ट्रम्पले सोमबार यसअघि ५ अर्ब ६० करोड भन्दा धेरैको भारतीय सामानको आयातमा अमेरिकामा भन्सार छुट दिइँदै आएकोमा अब त्यो बन्द गरिने जनाएका हुन् ।

अमेरिकी व्यापार घाटा कम गर्न प्रयासरत राष्ट्रपति ट्रम्पले यसअघि पनि भारतलाई आफ्नो अमेरिकी सामानमा भन्सार घटाउन आग्रह गर्दै आएका थिए ।

राष्ट्रपति ट्रम्पले कङ्ग्रेसका नेताहरुलाई पठाएको पत्रमा भारत सरकारसँग सघन वार्ताका बावजुद भारतले आफ्नो बजारमा अमेरिकी सामानलाई उचित पहुँच दिनमा विश्वस्त पार्न नसकेका कारणले आफूले यस्तो कदम चाल्नुपरेको उल्लेख गरेका छन् ।

भारतलाई दिइदै आएको विशेषाधिकार कटौति गर्ने ट्रम्पको कदम औपचारिक रुपमा कार्यान्वयन हुन भने ६० दिन लाग्नसक्ने बताइएको छ ।

अमेरिकाको ‘जेनेरलाइज्ड सिस्टम अफ प्रिफरेन्स जिएसपी’ नामक कार्यक्रमअन्तर्गत विभिन्न मुलुकका सामानले अमेरिकी बजारमा बिना भन्सार पहुँच पाउँदै आएका छन् । भारत जीएसपी कार्यक्रमअन्तर्गत अमेरिकी बजारमा बिना भन्सार पहुँच पाउने सबैभन्दा ठूलो मुलुक हो ।

यता भारतले भने अमेरिकी कदमले अमेरिकासँगको आफ्नो व्यापारमा सीमित मात्र प्रभाव पार्ने भन्दै अमरिकी कदमको बदलामा भारतले कुनै कदम नचाल्ने जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ३ : ३१ बजे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई