चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा… « Khabarhub

चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा…


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘आफ्नो मान्छे’ मा समावेश सुपरहिट गीत ‘चट्ट रुमाल क्या मालुम’ फेरि एकपटक चर्चामा आएको छ । निर्माण भइरहेको फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ मा यो गीतलाई रिमेक गरेर राखिएपछि गीतको थप चर्चा भएको हो ।

‘आफ्नो मान्छे’ मा समावेश गीतलाई उदितनारायण झा, साधना सरगम, सम्भुजित बाँस्कोटा, प्रकाश श्रेष्ठ, दीपा झा लगायतले स्वर दिएका थिए भने स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र निरुता सिंहले अभिनय गरेका थिए ।

मंगलबार (आज) काठमाडौंमा आयोजना गरेर औपचारिक गरिएको ‘यात्रा’ मा समावेश नयाँ भर्सनको गीत ‘चट्ट रुमाल’ मा मेलिना राई र धर्मेन्द्र सेवानको स्वर रहेको छ भने शब्द बाबुराम दाहालका हुन् । भिडियोमा सलिनमान बानियाँ, मालिका महत, सलोन बस्नेत, प्रेक्षा बज्राचार्य लगायतले कम्मर मर्काएका छन् ।

भिडियोलाई नयाँ तरिकाले प्रस्तुत गरिएको छ भने अडियोमा पुरानो गीतको मर्म मर्न दिइएको छैन । गीतमा शम्भुजित बाँस्कोटाको संगीत छ भने राजन इशानले एरेन्ज गरेका छन् ।

सम्राट शाक्यले निर्देशन गरेको फिल्म ‘यात्रा’ मा कथा पनि निदेशक शाक्यकै छ । यस्तै फिल्मको निर्माण सुशील पोखरेलले गरेका हुन् भने बनिष शाहले सम्पादन गरेका हुन ।

यो फिल्मबाट मालिका महतले नेपाली फिल्ममा डेब्यु गर्दैछिन् । केशब भट्टराई प्रस्तुतकर्ता रहेको यो फिल्मले चैत्र २९ गतेलाई रिलिज मिति तोकेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ९ : ३९ बजे

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र