विश्वको सवैभन्दा प्रदूषित शहर भारतको गुणगाउँ, काठमाडौं ९९ नम्बरमा « Khabarhub

विश्वको सवैभन्दा प्रदूषित शहर भारतको गुणगाउँ, काठमाडौं ९९ नम्बरमा


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको गुणगाउँ शहर संसारकै सबैभन्दा वायुप्रदूषित शहर रहेको प्रतिवेदन सार्वजनिक भएको छ । एअर भिजुअल नामक संस्थाले सार्वजनिक गरेको सबैभन्दा धेरै वायुप्रददूषण हुने शहरको सूचिमा गुणगाउँको नाम शीर्षस्थानमा आएको हो ।

भारतको राजधानी नयाँ दिल्लीनजिकै रहेको गुणगाउँमा हावामा धुलाको मात्रा १३५.८ माइक्रोग्राम प्रतिघनमिटर रहेको एअर भिजुअलले जनाएको छ ।

त्यसबाहेक संसारको सबैभन्दा धेरै वायुप्रदूषण हुने शहरको सूचीको शीर्ष दशमध्ये ७ शहर भारतका मात्र छन् । वायुप्रदूषण हुने शीर्ष दश शहरको पहिलो नम्बरमा भारतको गुणगाउँ दोश्रोमा भारतकै गाजियावाद, तेश्रोमा पाकिस्तानको फैसलावाद, चौथो नम्बरमा भारतको फरिदावाद तथा पाचौँ नम्बरमा भरातकै भिवादी शहर छन् ।

त्यस्तै सबैभन्दा धेरै वायुप्रदूषण हुने शहरको सूचीको छैटौँ नम्बरमा भारतको नोइडा, सातौँ नम्बरमा भारतकै पटना, आठौँ नम्बरमा चीनको होटान, नवौँ नम्बरमा भारतको लखनउ तथा दशौँ नम्बरमा पाकिस्तानको लाहौर शहर परेका छन् ।

सबैभन्दा धेरै वायुप्रदूषण हुने शहरको सूचीमा काठमाडौँ भने ९९ औँ स्थानमा परेको छ । त्यसबाहेक सबैभन्दा धेरै वायुप्रदूषण हुने शहरमा शीर्ष २० मध्ये १५ शहर भारतका परेका छन् भने वायु प्रदूषण हुने शीर्ष ३० मध्ये २२ शहर भारतका परेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ५ : ३५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको