नेकपा नेता तथा पूर्वसांसद पण्डितको निधन « Khabarhub

नेकपा नेता तथा पूर्वसांसद पण्डितको निधन


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वसांसद गणेश पण्डितको निधन भएको छ ।  हृदयाघात भएपछि उपचारका क्रममा ७० वर्षीय पण्डितको शिक्षण अस्पताल महाराजगञ्जमा मंगलबार दिउँसो २ बजे निधन भएको प्रदेश सांसद केशव पाण्डेले जानकारी दिए ।

पण्डित २०४८ को निर्वाचनमा नुवाकोट–२ बाट तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित भएका थिए । विसं २०५६ को निर्वाचनमा उनी नुवाकोटबाट तत्कालीन नेकपा (माले)बाट उम्मेदवार बनेका थिए ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय उपाध्यक्षसमेत रहेका पण्डित २०४२ सालका बमकाण्डमा गिरफ्तारमा परेका थिए । झण्डै ८ महीना प्रहरी हिरासतमा रहेका पाण्डे तत्कालीन राष्ट्रिय पञ्चायात सदस्यमा समेत नुवाकोटबाट उम्मेवार बनेका थिए ।

काठमाडौंको वसुन्धरामा बस्दै आएका पण्डितका दुई छोरा, तीन छोरी र श्रीमती छन् । पछिल्लो समय उनी पार्टीमा निष्क्रिय रहेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ६ : ३९ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति